कञ्चनपुर । जनयुद्धको पूर्वसन्ध्यामा युवा संगठन नेपाल कञ्चनपुरले मसाल जुलस बालेको छ । भीमदत्त नगरपालिकाको १९ नं. वडाको बागफाटा र झलारिको पिल्लरिफाटामा मसाल जुलुस प्रदर्शन गरेको हो ।
मसाल जुलुसमा राष्ट्रघाती सम्झौता एमसीसी खारेज गर्न माग गर्दै शीर्ष नेताहरुको पुत्ला समेत दहन गरेको संगठनका जिल्ला उपाध्यक्ष दिपेन्द्र ऐरीले बताएका छन् । २७ औं जनयुद्ध दिवसको अवसरमा कञ्चनपुरमा नेकपाले विभिन्न कार्यक्रम गरी मनाउने बताएको छ ।
