नवलपुर । महान जनयुद्धको २७ औैं बर्ष प्रवेशको पूर्वसन्ध्यामा युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अन्तर्गत नवलपुरमा मसाल जुलुस गरिएको छ ।
जिल्लाको मध्यविन्दु –६ सिम्रेनी चोकबाट सुरू भएको मशाल जुलुस लोकसेवा अगाडी कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन युवा संगठन नेपाल केन्द्रीय सदस्य तथा नवलपुर÷परासी इन्चार्ज अविनाशले महान जनयुद्ध जनताको मुक्तिको सपना भएको भन्दै इतिहासमा कहिल्यै बिर्सन नसकिने बताउनुभयो ।
कोणसभाको संचालन युवा सङ्गठन नेपाल नवलपुर जिल्ला सचिव मानवले गर्नुभएको थियो । जुलुसमा महान जनयुद्ध–जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, दलाल पुँजीवादी संसदीय व्यवस्था मूर्दावाद, एमसिसि सम्झौता खारेज गर, बढ्दो महङ्गी नियन्त्रण गर, युवा सङ्गठन नेपाल जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावादजस्ता नारा लगाइएको थियो ।
२०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले जनयुुद्ध सुरु गरेको थियो । यसक्रममा १० बर्षभित्र ८० प्रतिशत बढी ग्रामीण क्षेत्र तत्कालीन माओवादीको नियन्त्रणमा रहेको थियो ।

