२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • २७ औं जनयुद्व दिवसको पूर्वसन्ध्यामा रूपन्देहीमा...
--3602

२७ औं जनयुद्व दिवसको पूर्वसन्ध्यामा रूपन्देहीमा मसाल जुलुस र दीप प्रज्वलन

२७ औं जनयुद्व दिवसको पूर्वसन्ध्यामा रूपन्देहीमा मसाल जुलुस र दीप प्रज्वलन

शनिवार, माघ २९ २०७८
शनिवार, माघ २९ २०७८
  • बुटवल । २७ औं जनयुद्धको पूर्वसन्ध्यामा रूपन्देहीमा मसाल जुलुस र दीप प्रज्वलन गरिएको छ । भैरहवा सिद्धार्थ नगरपालिकाको मिलनचोकमा अखिल क्रान्तिकारीले दीप प्रज्वलन गरेको हो । 

    दीप प्रज्वलनमा अनेमसंघ क्रान्तिकारी जिल्ला अध्यक्ष उषा पाठक, नेकपा नेता योगेन्द्र यादव, अखिल क्रान्तिकारीको उपाध्यक्ष पारस राहादी मगर, मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष राजु खान, पार्टीका एसिएम, पार्टी सदस्य एवं शुभचिन्तकहरुको सहभागिता रहेको थियो । 

    त्यसैगरी युवा संगठन नेपाल रुपन्देहीले हाटीअमुवामा मसाल जुलुस गरेको छ । मसाल जुलुसको नेतृत्व संगठनका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज सन्तोष सुवेदीले गरेका थिए भने जिल्ला अध्यक्ष भक्त थापा मगरलगायत, पार्टी एसीएम, सदस्य र शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । 

    २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी)ले जनयुद्ध घोषणा गरेको थियो । १० बर्षसम्म चलेको जनयुद्धमा तत्कालीन अध्यक्ष प्रचण्ड, बाबुरामले शान्ति सम्झौतामार्फत् संसदीय व्यवस्थामा पतन गराएपछि क्रान्तिकारी धारको नेतृत्व गर्दै महासचिव विप्लवको नेतृत्वमा नेकपाले हरेक बर्ष जनयुद्ध दिवस मनाउदै आएको छ । 

    फागुन १ गते नेकपा रुपन्देहीले सैनामैनाको दरखासीमा २७ औं जनयुद्ध दिवस मनाउने तयारी गरेको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij