२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • नेकपा दाङद्वारा भीषण आगलागीबाट...
--3599

नेकपा दाङद्वारा भीषण आगलागीबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुख व्यक्त

नेकपा दाङद्वारा भीषण आगलागीबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुख व्यक्त

शनिवार, माघ २९ २०७८
शनिवार, माघ २९ २०७८
  • तुलसीपुर: नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा भीषण आगलागीबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुख व्यक्त गरेको छ ।

    नेकपा दाङका सेक्रेटरी प्रदिपले आज शोक वक्तव्य जारी गर्दै आगलागी घटनाप्रति दुख व्यक्त गरेका हुन् ।
    सेक्रेटरी प्रदिपद्वारा हस्ताक्षरित विज्ञप्तिमा गएराती करिव २ बजेदेखि बिहानसम्म आगलागी हुँदा भएको मानवीय क्षतिप्रति पार्टी दुखित एवम गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।

    साथै आगलागीबाट मृत्युवरण गर्नुभएका मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

    शोक वक्तव्यमा भनिएको छ,” आगलागी राती देखि सुरु भएर अर्को दिन बिहानसम्म पनि नियन्त्रणमा ल्याउन नसक्नु, दमकल लगाएत आगलागी नियन्त्रणका स्रोत साधनहरुको उपलब्धता नहुनु र मानवीय र भौतिक क्षतीसम्म व्यहोर्नुपर्ने उक्त घटना  यो दलाल राज्यव्यवस्थाको उपज भएको स्पष्ट पार्न चाहन्छौ । साथै राज्य निकायबाट पीडितलाई उचित राहात र क्षतिपूर्ति दिन माग पनि गर्दछौं ।”

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij