बुटवल । नेकपा रुपन्देहीले जिल्लामा २७ औं जनयुद्ध दिवसलाई भव्य उत्सवको रुपमा मनाउने भएको छ । जिल्ला इन्चार्ज कृतिले उत्सवमा सहभागी हुन पार्टी नेता, कार्यकर्ता, सहिद वेपत्ता परिवार, समर्थक, शुभचिन्तक एवं सम्पूर्ण जनसमुदायलाई अपिल गर्नुभएको छ । उहाँले जनयुद्ध दिवस श्रमिक वर्गको ऐतिहासिक दिन भएको बताउदै नयाँ प्रतिज्ञाको दिन भएको समेत बताउनुभयो ।
कार्यक्रममा सैनामैनाको दरखासीमा हुने कार्यक्रममा नेकपाको केन्द्रीय नेताहरुले सम्बोधन गर्ने बताइएको छ । जनयुद्ध दिवस जनताले मुक्तिको महान सपना देखेको दिन भएकोले यसलाई पर्वको रुपमा मनाउन लागेको जिल्ला सेक्रेटरी विश्वासले बताउनु भयो ।
कार्यक्रममा सङ्ग्रामी सांस्कृतिक परिवारले क्रान्तिकारी नाच र गीतहरुको प्रस्तुति दिने सेक्रेटरी विश्वासले बताउनुभयो । रुपन्देहीमा नेकपाका हरेक बर्ष जनयुद्ध दिवसलाई विशेष दिनको रुपमा मनाउदै आएको छ । जनयुद्ध दिवसको अवसरमा नेकपाले नेता कार्यकर्ता, सहिद परिवार र स्थानीय जनताबीच शुभकामना आदानप्रदान गर्ने, अन्य सिर्जनात्मक कार्यहरुले गर्ने बताइएको छ ।
