२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • एमसीसीविरुद्ध सत्तारुढ दल एकीकृत समाजवादीले...
--3593

एमसीसीविरुद्ध सत्तारुढ दल एकीकृत समाजवादीले देशव्यापी प्रदर्शन गर्ने

एमसीसीविरुद्ध सत्तारुढ दल एकीकृत समाजवादीले देशव्यापी प्रदर्शन गर्ने

बिहिवार, माघ २७ २०७८
बिहिवार, माघ २७ २०७८
  • बुटवल । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले फागुन १ गते एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। 

    एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए। फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक प्रदर्शन गरिने उनले जानकारी दिएका छन्।

    त्यसको तयारीमा जुट्न जनवर्गीय संगठनलाई बैठकले निर्देशन दिएको छ। फागुन २ गते बस्ने संसद बैठकमा सरकारले एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको समयमा सत्ता साझेदार दल एकीकृत समाजवादीको उक्त धारणा आएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij