२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, समस्या र...
--3578

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, समस्या र निकासबारे अन्तरक्रिया

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, समस्या र निकासबारे अन्तरक्रिया

मंगलवार, माघ २५ २०७८
मंगलवार, माघ २५ २०७८

  • बुटवल । नेपाल कम्युनिष्ट पार्टी निकट संयुक्त जबसको आयोजनामा पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि, समस्या र निकास विषयक एकदिने वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

    उक्त अन्तरक्रिया कार्यक्रममा आधार नोट प्रस्तुत गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा संयुक्त जवस केन्द्रीय संयोजन समितिका संयोजक मिलनले आधारनोट प्रस्तुत गर्दै अहिले देश निकै कठीन र जटिल मोडमा रहेको भन्दै राष्ट्रिय स्वाधीनताको सवाल निकै सङ्गीन बनेको बताउनु भएको छ । उहाँले जनजीविकाको सवाल निकै निर्मम, सङ्कटग्रस्त र कहालीलाग्दो अवस्थाबाट गुज्रिरहेको बताउदै चौतर्फी मूल्यवृद्धि, जताततै भ्रष्टाचार, कमिसनखोर, कालोबजारी, तस्करीको बिगबिगीविरुद्ध संघर्ष आवश्यक भएको बताउनुभयो । 

    अन्तरक्रिया कार्यक्रममा पूर्वमुख्य सचिव लिलामणी पौडेलले यसरी दिनानुदिन मुल्यवृद्धि हुनुमा सवैभन्दा दोषी नेपालको राज्यसत्ता र सरकार संचालन गर्नेहरु भएको बताउनुभयो । उहाँले जबसम्म पेट्रोलियम पदार्थमा भारतीय आयल निगमको एकाधिकार रहन्छ तवसम्म यो समस्या रहिरहने बताउनुभयो । 

    अर्थ राजनीतिक विष्लेषक हरि रोकाले व्यवस्थापन पक्ष सवैभन्दा जिम्मेवार हुनुपर्ने कुरा बताउदै मुल्यवृद्धि हुनुमा सरकार नै जिम्मेवार रहेको कुरा बताउनुभयो । त्यस्तै यो दलाल राज्यब्यवस्था रहेसम्म यसप्रकारको समस्याहरु रहिरहने भन्दै यसका विरुद्ध आन्दोलन गर्न तयार रहनुपर्ने वरिष्ठ अभिवक्ता तथा जनअधिकार अभियान, नेपालका अध्यक्ष एकराज भण्डारीले बताउनु भयो । 

    नेपाल आयल निगमका उपकार्यकारी निर्देशक नागेन्द्र शाहले विभिन्न समस्याका कारणले गर्दा मुल्य बढाउनु परेका बताउदै यसमा सरकारले सोच्नुपर्ने कुरा राख्नुभयो । 
    अपभोक्ता संरक्षण मञ्चका सचिव श्रीधर खनालले नागरिकको हक र अधिकारको वेवास्ता गरेकोमा आयल निगम र सरकारको आलोचना गर्नुभयो । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता मिलन र संचालन वन्धु चन्दले गर्नुभएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij