२०८३, मंसिर १ गते

Nov 16 2026

Logo

२०८३, मंसिर १ गते | Nov 16 2026

images
  • राजनीति
  • प्रतिनिधि सभाकाे बैठक स्थगित, फागुन...
--3577

प्रतिनिधि सभाकाे बैठक स्थगित, फागुन २ गते बस्ने

प्रतिनिधि सभाकाे बैठक स्थगित, फागुन २ गते बस्ने

मंगलवार, माघ २५ २०७८
मंगलवार, माघ २५ २०७८
  • बुटवल । बुधवारका लागि डाकिएको प्रतिनिधि सभाको बैठक फागुन २ गतेका लागि सारिएको छ । सरकारको आग्रहमा भोलिको बैठक फागुन २ गतेका लागि सारिएको सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

    सभामुख सापकोटाले बैठक स्थगनको सूचना जारी गर्न संसद् सचिवालयलाई निर्देशन दिइसक्नुभएको उहाँले बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले भाेलिको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गर्नुभएको थियो । तर त्यस विषयमा सत्तारुढ गठबन्धनभित्रै सहमति भने जुटेको छैन ।

    एमसीसीबारे सहमति जुटाउन प्रधानमन्त्रीले समय लिएको बताइएको छ । भोलिको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी टेबुल गर्ने विषय राखिएको थिएन । प्रधानमन्त्री देउवाले आज मङ्गलवार बेलुकी कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूलगायतका नेताहरूलाई बालुवाटार बोलाएर छलफल गरेपछि संसद् बैठक सार्न सभामुखलाई आग्रह गरिएको बताइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij