२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3572

दलालपूँजीवादी तत्वहरुको कू–प्रचारको प्रकाण्डद्वारा चिरफार

दलालपूँजीवादी तत्वहरुको कू–प्रचारको प्रकाण्डद्वारा चिरफार

मंगलवार, माघ २५ २०७८
मंगलवार, माघ २५ २०७८
  • बुटवल । । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले एमाले प्रवेश गर्ने हल्ला साम्राज्यवादी र दलालपूँजीवादी एजेण्डहरुको कूप्रचार भएको भन्दै भ्रमित नहुन आग्रह गर्नु भएको छ । उहाँले प्रवेश गर्ने कुराको चिरफार गर्नु भएको छ ।

    उहाँले आफ्नो पार्टीले लिएको वैज्ञानिक समाजवादी कार्यक्रम राष्ट्रिय राजनीतिमा हावी भइरेकाले त्यसवाट आत्तिएका साम्राज्यवादी तथा दलालपूँजीवादी तत्वका एजेण्डहरुको कूप्रचा मात्र भएको टिप्पणी गर्नु भयो ।

    प्रवक्ता प्रकाण्डले भन्नु भयो “पार्टीको क्रान्तिकारी विचार,नेतृत्व, एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको कार्यक्रम नेपाली जनतामा लोकप्रिय हुदै गएको यो लोकप्रियताले आत्तिएका,डराएका साम्राज्यवादी र दलालपूँजीवादी तत्वका एजेण्डहरुको कूप्रचा मात्र हो । यसमा भ्रमित नहुन सवैलाई आग्रह गर्नु भयो । ”

    प्रकाण्डको नाम जोडेर वे्रकलिङ्क लगायत केही अनलाईहरुले प्रकाण्ड एमाले प्रवेश गर्दै भन्ने भ्रमपूर्ण समाचार प्रकाशित गरेका थिए । उहाँले भ्रमपूर्ण समाचार प्रकाशित गर्ने मिडिया र पत्रकारलाई यस्तो खालको पत्रकारिता नगर्न चेतवानी दिदै यदि नसुधारिए जनताले गर्न यस्तो कूप्रचार गर्ने दलाल तत्वहरुलाई जनताले कार्वाही गर्न वाध्य हुने पनि चेतावनी दिनु भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij