बुटवल । रुपन्देहीको बुटवलमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। आज बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।
रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको प्रहरीको भनाइ छ। दुर्घटनामा परि गम्भीर घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना बिहान ५ बजेतिरको हाे । मृत्युहुनेमा बुटवल १३ का अन्दाजी २७/२८ बर्षका सविन चौधरी, सोही स्थान र २८ बर्षकै गोबिन्द चौधरी र नवीन श्रेष्ठ छन्। सोही स्थानका भागिरथ चौधरी गम्भीर घाइते छन् भने बुटवल १२ का अनिस जिसि सामान्य घाइते छन्। ट्रक चालक फरार रहेका छन्। घटनासम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
