२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3562

अखिल (क्रान्तिकारी) रूपन्देहीले देउवा–प्रचण्डको गोप्यपत्र जलायो

अखिल (क्रान्तिकारी) रूपन्देहीले देउवा–प्रचण्डको गोप्यपत्र जलायो

आइतवार, माघ २३ २०७८
आइतवार, माघ २३ २०७८
  • बुटवल । अखिल (क्रान्तिकारी) रुपन्देहीले एमसीसीलाई नेका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पठाएको गोप्य पत्र जलाएको छ । 

    बु्टवलको बुद्धनगरमा नाराबाजी सहित कोणसभा गरेर गोप्यपत्र जलाएको हो । कोणसभामा बोल्दै अखिल (क्रान्तिकारी)का जिल्ला उपाध्यक्ष पारस राहादी मगरले गोप्यपत्रले कांग्रेस र माओवादी केन्द्रको असली अनुहार उदांगिएको भन्दै साम्राज्यवादको एजेन्टहरुविरुद्ध जीवनमरणको संघर्ष आवश्यक भएको बताए । उनले कांग्रेस, एमाले, माके राष्ट्रघाती पार्टीहरु भएको भन्दै उनीहरुले एमसीसी पास गर्न खोजेर फेरि अर्को राष्ट्रघात गर्न खोजेले यसको खारेजीका लागी सम्पूर्ण देशभक्त नेपाली जनता संघर्षमा उत्रिनुपर्ने बताए । 

    आइतबार एमसीसी सम्झौता पास गर्न अमेरिकालाई पठाएको गोप्यपत्र सार्वजनिक भएपछि राष्ट्रिय राजनीति तरङ्गित भएको छ । नेकपाले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै तत्काल खारेज गर्न माग गर्दै संघर्ष गर्दै आएको छ ।  

    प्रतिक्रिया

    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij