२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • अर्घाखाँचीमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता...
--3558

अर्घाखाँचीमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न चक्काजाम

अर्घाखाँचीमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न चक्काजाम

आइतवार, माघ २३ २०७८
आइतवार, माघ २३ २०७८
  • अनिल नेपाली,अर्घाखाँची २३ माघ । नेपाल कम्युनिस्ट पार्टीका जबस मोर्चाले केन्द्रीय कार्यक्रम अन्तर्गत सन्धिखर्क नगरपालिकामा १ घण्टा चक्काजाम कार्यक्रम गरेको छ ।

    कार्यक्रमलाई सम्बोधन गदै अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य नविन खड्काले संसदीय व्यवस्था रहेसम्म नेपाली जनताले निकास पाउन नसक्ने भन्दै वर्तमान सरकारले जनतालाई महङ्गी उपहार दिएको बताए । उनले पेट्रोलियम पदार्थमा बर्तमान सरकारले गरेको मुल्यबृद्धि तत्काल फिर्ता लिनुपर्ने बताउदै नलिए कडा प्रतिरोध गर्ने बताए । 

    जनताको पक्षमा आफुहरुले आन्दोलन गर्दा राज्यले सम्मान गनुपर्नेमा राज्यले घोचपेज गएर प्रतिकारका उत्रनु नेपाली जनतामाथि अन्याय भएको बताउदै अन्याय नेपाली जनताले नसहने बताउदै अन्यायको लागी नेपाली जनताले एक दिन साबा र व्याज सहित हिसाब किताब हुने बताए । 

    कार्यक्रमलाई सफल बनाउनको लागि सहयोग गर्ने यातायात व्यवसायी, यात्रु, चालक, सहचालक, सञ्चारकर्मी, सुरक्षाकर्मी सबैलाई धन्यवाद दिएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij