२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • रुपन्देहीमा संयुक्त जबस/मोर्चाद्वारा इन्धन मूल्यवृद्धिविरुद्ध सैनामैनामा...
--3556

रुपन्देहीमा संयुक्त जबस/मोर्चाद्वारा इन्धन मूल्यवृद्धिविरुद्ध सैनामैनामा चक्काजाम

रुपन्देहीमा संयुक्त जबस/मोर्चाद्वारा इन्धन मूल्यवृद्धिविरुद्ध सैनामैनामा चक्काजाम

आइतवार, माघ २३ २०७८
आइतवार, माघ २३ २०७८
  • बुटवल । नेकपाको जबस मोर्चाले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि विरुद्ध रुपन्देहीको सैनामैना, रामापुर कलोनीचोकमा एकघण्टा चक्काजाम गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कलोनी बजारमा गरेको चक्काजामको क्रममा यातायातका सम्पूर्ण साधनहरु बन्द भएको थियो । 

    नेकपा जिल्ला सेक्रेटरी विश्वासलगायत जबस मोर्चाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको चक्काजाममा इन्धनमा गरिएको मूल्यवृद्धि विरुद्ध नाराबाजी गर्दै मूल्यवृद्धि तत्काल फिर्ता गर्नु माग गरेका थिए । 

    चक्काजामपछिको कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय थारू मुक्ति मोर्चा नेपालका महासचिव नवीन थारुले राज्यले जनताको ढाड सेक्ने गरी इन्धनमा मूल्यवृद्धि गरेको भन्दै त्यो तत्काल फिर्ता गर्नुपर्ने बताउनुभयो । मूल्यवृद्धिले जनताको जीवनमा नकरात्मक प्रभाव पारेको भन्दै महासचिव थारुले मूल्यवृद्धिले चौतर्फी असर पारेको बताउनुभयो । उहाँले देश तस्करी, माफिया र भ्रष्टाचारीहरुको हातमा भएको भन्दै यसका विरुद्ध संघर्षको विकल्प नभएको बताउनुभयो । देउवा सरकार जनताको पक्षमा नभएको भन्दै यसको विकल्प वैज्ञानिक समाजवाद भएको बताउनुभयो । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) जिल्ला उपाध्यक्ष पारस राहादी मगरले गरेका थिए । 

    चक्काजाम कार्यक्रममा जबस मोर्चाहरु युवा संगठन नेपाल, अखिल (क्रान्तिकारी), अनेमसंघ क्रान्तिकारी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, राष्ट्रिय थारु मुक्ति मोर्चा नेपाल, अखिल नेपाल जनसांस्कृतिक महासंघ, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी, जनक्रान्तिका महान सहिद परिवार संगठन नेपाल, श्रमिक समुदाय मोर्चा नेपाल, मगर मुक्ति मोर्चा नेपाललगायत संगठनको सहभागिता रहेको थियो ।  

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij