२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • इन्धन मूल्यवृद्धि विरुद्ध चक्काजाम, नवलपुर र...
--3554

इन्धन मूल्यवृद्धि विरुद्ध चक्काजाम, नवलपुर र पाल्पामा १४ जना गिरफ्तार

इन्धन मूल्यवृद्धि विरुद्ध चक्काजाम, नवलपुर र पाल्पामा १४ जना गिरफ्तार

आइतवार, माघ २३ २०७८
आइतवार, माघ २३ २०७८
  • बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्यवृृद्धि विरुद्ध नेकपाका जनवर्गीय संगठनले देशव्यापी गरेको एकघण्टे चक्काजामको सन्दर्भमा नवलपुरमा प्रहरीले हस्तक्षेप गरी ९ जनालाई गिरफ्तार गरेको छ । नवलपुरको सदरमुकाम कावासोतीमा पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको बिरुद्धमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । 

    नेकपाका विभिन्न जनवर्गीय संगठन र मोर्चाका नेता कार्यकर्तासहित सर्वसाधारण जनताहरुको उपस्थितमा पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको बिरुद्धमा नारावाजी गर्दै शान्तिपूर्ण रुपमा सडक प्रदर्शन गर्दा प्रहरीले निरंकुश पञ्चायती शैलीमा आफुहरुलाई पक्राउ गरिएको नेकपा नवलपुरका सेक्रेटरी शितलले जानकारी दिए । 

    पक्राउ पर्नेहरुमा नेकपा जिल्ला सेक्रेटरी शितल, जनपत्रकार संगठन नेपाल नवलपुरका अध्यक्ष भानु चापागाईं, युवा संगठन नेपाल नवलपुरका अध्यक्ष अविनाश, विशेष कमिटी सदस्य विश्वास, धन बहादुर कुमाल, मिलन राई, गोपाल बस्नेत, मोतिराम बस्ताकोटी, विश्वास माझी रहेको नेकपा केन्द्रीय सदस्य एवं नवलपुर र नवलपुर इन्चार्ज शरद वलीले बताउनुभयो । 

    त्यस्तैगरी पाल्पामा पनि चक्काजामको क्रममा नेकपा नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा मगर मुक्ति मोर्चा नेपाल मीनबहादुर आले मगर, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवं पाल्पा इन्चार्ज लंकबहादुर राना मगर, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज लिला सारु मगर, अखिल (क्रान्तिकारी) पाल्ला संयोजक सुदीप विश्वकर्मा, युवा संगठन पाल्पाका उपाध्यक्ष बेदप्रसाद विश्वकर्मा रहनु भएको छ । 

    नेकपा निकट जबस मोर्चाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध देशव्यापी रुपमा संयुक्त संघर्षको कार्यक्रम घोषणा गरेको थियो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij