दोलखा । नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्ला समिति अन्तर्गत कलिन्चोक गाउपालीका वडा १ देखि ४ को प्रथम वडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता सुशील थापा , प्रमुख अथिती माधब गौतम (आकश ) ले गरेका थिए ।
भेला लाई प्रमुख अथिति माधब गौतम(आकाश शर्मा )ले सम्बोधन गर्दै भनु भयो संमसदिय ब्यबस्था भनेको झुटको खेती गर्ने थलो भएकोले दलाल सत्ताले गर्दा आम उत्पीडित , श्रमजीवी जन्त्ता ले दुख पयको बताउनु भयो चुनाव मा करोडौं रुपैया ब्याबसायी उद्योगी बाट संकलन गर्न ससदीय ब्यबसथा का दलाल मतियार हरु ले मुल्य वृद्धि गरेको बताउनु भयो ।
पेट्रोलियम पदार्थमा भएको चर्को मुल्य वृद्धि नघटाय सडकमा दनकि रहेको टायर भोलि सिह दरबार सदन भित्र प्रवेश गर्ने,र यसको मुल्य देउवा सरकारको बाम गठबन्धन लाई महङ्गो पर्ने समसदीय व्यवस्था मान्ने नेताहरु पराजित हुने डरले जनमत सङ्ग्रहमा जान डराएको संसदिय ब्यबस्थाका हेमाइतीहरु लाई भोट मागदै गाउँ गाउँमा आउँदा जन्ताले लखेटनु पर्ने,जनताकोअधिकार सुनिश्चित गर्न बैज्ञानिक समाजबादी सत्ता प्राप्त गर्ने अभियानमा निर्वाचित वडा समिति सक्रिय पुर्बक लाग्नु हुन निर्देश गर्नु भयो।
भेलाले सुशील थापा सेक्रेटरी रहने गरि ११ सदस्य कमिटी भेलाले निर्वाचित गरेको छ सेक्रेटरी सुशील थापा ,वडा सदस्यहारु राजु थापा, अशोक कार्की सुदिप थापा बिमल थापा शुन्दर बस्नेत उमेश थापा रबिन थापा अनिल थापा डाल बाहदुर खडका पुर्ण बहादुर थापा भेलाले निर्वाचीत गरेको छ । कार्यक्रममा जन्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम संचालक कलिन्चोक गाउँपालीका का सेक्रेटरी पदम बहादुर थामीले सन्चालन गर्नु भएको थियो ।
Enter
Write to Nakul Chaulagain
