२०८३, मंसिर १ गते

Nov 16 2026

Logo

२०८३, मंसिर १ गते | Nov 16 2026

images
--3548

हिमपातका कारण २२ आप्रवासीको मृत्यु, नेपालीहरु पनि सम्पर्कविहिन

हिमपातका कारण २२ आप्रवासीको मृत्यु, नेपालीहरु पनि सम्पर्कविहिन

शनिवार, माघ २२ २०७८
शनिवार, माघ २२ २०७८
  • अंकारा । ग्रीस र टर्कीबीच सीमाक्षेत्रमा भएको आप्रवासी संकटलाई लिएर तनाव चुलिएको बेला हिमपातको कारण २२ आप्रवासीले ज्यान गुमाएका हुन् । टर्कीका अधिकारीहरुले शनिबार थप सात अप्रवासीको शव भेटिएको जनाएका छन् ।

     टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोलुले तस्बिर सेयर गरेका तस्बिरमा आप्रवासीले शरिर छोप्ने कपडाको अभावमा ज्यान गुमाएको देख्न सकिन्छ ।

     एथेन्सको लापर्वाहीले आप्रवासीको मृत्यु भएको आरोप अंकाराले लगाएको छ । तर, एथेन्सले चाहिँ अंकाराको आरोपहरुलाई अस्वीकार गरेको छ ।

     युरोप छिर्न टर्की हुँदै ग्रीस जाने आप्रवासीहरु उक्त सीमामा जम्मा भएका थिए ।

    टर्कीस्थित गैरआवासीय नेपाली संघले मृत्यु हुनेहरुमा नेपालीहरु पनि हुनसक्ने जनाएको छ । कञ्चनपुरको कृष्णपुर-२ बंकका वर्षीय दिव्यदेव अवस्थी हिमपातमा परेपछि उनी सम्पर्कविहिन भएको टर्कीस्थित उनका साथीहरुले समेत बताएका छन् ।केही दिनदेखि बेपत्ता भएको भन्दै नेपालस्थित उनको परिवारले सोधखोज गरेको छ ।

    काठमाडौं सिनामंगलको मेट्टा इन्टरनेसनल मेनपावर कम्पनीबाट उनी दसैंअघि टर्की पुगेको परिवारले जनाएको छ । मंगलबारदेखि कुरा हुन नसकेको अवस्थीको परिवारको भनाई छ ।

    टर्की मामिलास्थित हेरिरहेका पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले उक्त घटनामा नेपालीहरु परे वा नपरेको कुरा बुझ्ने काम भैरहेको बताएका छन् ।

    टर्की–ग्रीस लगायतका मुलुकमा पछिल्लो साता भीषण हिमपातको कारण जनजीवन प्रभावित बनिरहेको छ ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij