२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • मुल्यबृद्दी फिर्ताको माग सहित नेकपा दाङद्वारा...
--3547

मुल्यबृद्दी फिर्ताको माग सहित नेकपा दाङद्वारा भोलि १ घण्टा चक्काजाम

मुल्यबृद्दी फिर्ताको माग सहित नेकपा दाङद्वारा भोलि १ घण्टा चक्काजाम

शनिवार, माघ २२ २०७८
शनिवार, माघ २२ २०७८
  • दाङ।भोलि २३ गते आइतबार नेकपा निकट संयुक्त जवस/मोर्चाले  दाङमा १ घण्टा चक्काजाम गर्ने भएका छन।

    पेट्रोलियम पदार्थको मुल्यबृद्दी विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत भोलि बिहान १० बजेदेखी ११ बजेसम्म जिल्लाका विभिन्न मुख्य शहर केन्द्रित चोकहरुमा चक्काजाम गर्ने मोर्चाहरुले जनाएका छन।

    यसअघि नेकपा निकटका जनबर्गिय संगठन र मोर्चाहरुले पेट्रोलियम पदार्थको मुल्यबृद्दी विरुद्ध देशव्यापी कोणसभा र नेपाल आयल निगमका कार्यालय र डिपोहरु घेराउ कार्यक्रम सम्पन्न गरिसकेका छन।
    यस्तै नेकपा निकट जवस/मोर्चाले पेट्रोलियम पदार्थको मुल्यबृद्दी विरुद्ध माघ २४ गते देशव्यापी अन्तर्क्रीया र २६ गते देशव्यापी बिरोध प्रदर्शन गर्ने जनाएका छन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij