२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3544

प्युठान दुर्घटना : आठ जनाको मृत्यू

प्युठान दुर्घटना : आठ जनाको मृत्यू

शनिवार, माघ २२ २०७८
शनिवार, माघ २२ २०७८
  • बुटवल । प्युठानमा नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान दुर्घटनामा परेको हो । जीप दुर्घटना हुँदा ज्यान गुमाउने ८ जनाको पहिचान भएको छ । 

     जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी सत्यनारायण थापाका अनुसार मृत्यु हुनेहरूमा ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् । त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, र १८ वर्षीया विपना जिसी रहेका छन् । बेहुला र बेहुली भने घाइते भएका छन् ।

    प्रहरीका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थल र दुई जनाको विजुवार जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा घाइते बेहुला दानबहादुर जिसी र सावित्रा जिसीको भने जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको बताइएको छ ।

     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij