बुटवल l चितवन जिल्लाको इच्छाकामना गाउँपालिको गाउँव्लकमा रहेका भू्मिहिनहरुलाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठलेआज जग्गा धनी प्रमाणपुर्जा वितरण गर्नु भएको छ । मन्त्री श्रेष्ठले ३६ घरपरिवारलाई जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्नुहुदै देशभरीका गाउँव्लकमा रहेका नागरिकलाई जग्गा वितरण गरिसक्ने लक्ष्यसहित मन्त्रालयले अभियान नै सञ्चालन गरेर काम गरिरहेको र हालसम्म करिब १२ हजार घर परिवारलाई जग्गा धनी पूर्जा वितरण गरी सकिएकोे जानकारी दिनुभयो ।
मन्त्री श्रेष्ठले भूूमि भएर पनि भूूमि विहिन बनीरहेकाहरु कोही पनि भूमि पाउनबाट छुुट्न नहुनेमा जोड दिदै सो कार्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढाएको बताउनुभयो । भूूमिहिन दलित, भूमिहिन सुकुुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न विभिन्न स्थानीयतहसँग कार्य सम्झौता गरेर छिटो काम सम्पन्न गर्ने गरी आयोग मार्फत काम अगाडी बढाइसकिएको जानकारी पनि उहाँले दिनुभयो । । नागरिकका आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर लामा र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्ने गरी अगाडी बढिरहेको पनि उहाँले बताउनुभयो ।
संविधानमा भएका नागरिकका हक कार्यान्वयन गर्न र भूमिसँग जोडिएका समस्या समाधान गरी नागरिकले अनुभूति गर्ने गरी काम गर्न आफुु प्रतिबद्ध भएर लागेको समेत बताउनुुभयो l यसैक्रममा मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउपालि र तिरहुत गाउपालिकाको गाउव्लकमा रहेकाहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरणगर्नु भएको थियो । २०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुदा गाउँव्लकका रुपमा रही अफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न ढिलाई गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिदै आउनु भएको छ ।
यसैबीच आजै भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थितीमा राष्ट्रिय भूमि आयोग र चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाबीच राष्ट्रिय भूमि आयोगले यसअघि ६८ वटा स्थानीय तहसँगभूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर समेत गरी काम शुरु गरिसकेको छ ।
