२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • परिवारले गाडेको शव प्रहरीद्वारा उत्खनन्...
--3537

परिवारले गाडेको शव प्रहरीद्वारा उत्खनन्

परिवारले गाडेको शव प्रहरीद्वारा उत्खनन्

शुक्रवार, माघ २१ २०७८
शुक्रवार, माघ २१ २०७८
  • बुटवल । यशोधारा गाउँपालिका-८ सिंहखोर कपिलवस्तुमा २० वर्षीया रहिसुन खान झुण्डिएर मरेको भन्दै उनका श्रीमान् र परिवारका अन्य सदस्यले प्रहरीलाई खबर नगरी  विहीबार धार्मिक परम्परा अनुसार गाडेर दाहसंस्कार गरिसकेको शवलाई प्रहरीले उत्खनन् गरेको छ ।

    रहिसुनका माइती पक्षले आफूलाई शंका लागेपछि प्रहरीमा उजुरी दिएका थिए । माइती पक्षको उजुरीका आधारमा शव निकालेर प्रादेशिक अस्पतालमा पठाउन लागिएको कपिलवस्तुका प्रहरी प्रमुख धर्मराज भण्डारीले जानकारी दिए ।

     पोष्टमार्टम रिपोर्टपछि हत्या वा आत्महत्या थाहा हुने एसपी धर्मराज भण्डारीले भने । 

    प्रहरीले मृतक युवतीका २२ वर्षीय श्रीमान् मोहम्मद नसिम अलिभाट र ससुरा ५० वर्षीय अब्बास अलिभाटलाई पक्राउ गरेको छ । रहिसुन र नसिमबीच ९ महिनाअघि मात्र विवाह भएको थियो ।

    विगतमा त्यस्तो कुनै विवाद भएको भन्ने छैन , तर अनुसन्धानबाट  खुल्दै जाने कुरा एसपी भण्डारीले जानकारी दिए ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij