२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • नवलपरासीमा जेसिभीको ठक्करबाट एक जनाको निधन...
--3536

नवलपरासीमा जेसिभीको ठक्करबाट एक जनाको निधन

नवलपरासीमा जेसिभीको ठक्करबाट एक जनाको निधन

शुक्रवार, माघ २१ २०७८
शुक्रवार, माघ २१ २०७८
  • बुटवल । पूर्वी नवलपरासीमा जेसिभीको ठक्करबाट एक जनाको निधन भएको छ ।

    नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको देवचुली १३ बोहुना खोलामा रहेको देवचुली ३ निवासी लिलप्रसाद पाठकको मनकामना क्रसर उद्योगमा नम्बर नभएको जेसिभीको ठक्करबाट सोही क्रसरमा काम गर्ने मजदुरको निधन भएको हो ।

    क्रसर भित्रै क्यान्टिन सञ्चालन गर्दै आएकी देवचुली १२ निवासी अन्दाजी ४० बर्षीया निर्मला कुमारी महतलाई जेसिभी पार्किङ्ग गर्ने क्रममा ठक्कर दिएको हो ।

    दुर्घटनामा परी गम्भीर घाइते महतको देवचुली अस्पताल दलदलेमा उपचारका लागि लगिएकोमा उपचारको क्रममा हिजो साँझ ७ बजेतिर निधन भएको प्रहरीले जनाएको छ ।

    ठक्कर दिने सवारी चालक अनुमति पत्र समेत नरहेको देवचुली ४ निवासी १९ बर्षीय मनबहादुर नेपाली फरार रहेपनि पछि जेसिभी प्रहरी नियन्त्रणमा रहेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij