पारस राहादी मगर,भैरहवा । पेट्रोलियम पदार्थमा भएको मुल्य वृदि विरूद्व भैरहवामा कोणसभा र टायर बाल्ने कार्यक्रम सम्पन्न भएको छ ।
कोणसभालाई सम्बोधन गर्दै अनेमसंघ (क्रान्तिकारी) रूपन्देही अध्यक्ष उषा पाठकले पेट्रोलियम पदार्थको मूल्य वृद्विले गरिखाने मजदुर, किसान जनतालाई मर्का परेको र दलाल सरकारले जनतालाई मर्का पर्ने काम गरेकोले यो सरकार जनताको सरकार नभएको बताउँदै यो सरकारले पेट्रोलियम मूल्य वृद्वि गर्ने, एमसिसि पास गर्न लागिरहेकोले यसको विरोध गर्नुपर्ने बताइन् ।
उनले दलालको गलत कामको विरूद्वमा सबै किसान,मजदुरहरू आन्दोलनमा आउनु पर्ने बताइन् । कार्यक्रममा जवस मोर्चाका नेता कार्यकर्ताका साथै आम जनताको प्रत्यक्ष सहभागिता रहेको थियो ।
