२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3532

नेकपा मकवानपुरद्वारा कृष्ण मायाप्रति श्रदाञ्जली अर्पण

नेकपा मकवानपुरद्वारा कृष्ण मायाप्रति श्रदाञ्जली अर्पण

बिहिवार, माघ २० २०७८
बिहिवार, माघ २० २०७८
  • मकवानपुर ।  नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जनयुद्धका महान् सहिद प्रित कुमार मोक्तान (क. हिम)का ममतामयी आमा कृष्ण माया मोक्तान प्रति श्रदाञ्जली अर्पण गरेको छ। 

    दिवङ्गत हुनुभएको नौं दिनको तिथि पारेर आयोजना गरिएको श्रदाञ्जली सभा मार्फत श्रदाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवार जनमा गहिरो समवेदना प्रकट गरेको हो। कार्यक्रम मनहरी १ चकरीमा अवस्थित उनका आफ्नै निवासमा भएको हो।


    १९९८ असार २१ गते जन्मिनु भएका कृष्ण माया मोक्तानको लामो समयदेखि शारीरिक अस्वस्थका कारण २०७७ माग ११ गते ८० वर्षको उमेरमा असामयिक निधन भएको थियो।

    जसकारण आफन्त, परिवारजनका शोक सन्तप्त भएका थिए। यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले श्रदाञ्जली सभा मार्फत दिवङ्गत आमा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवार जनमा गहिरो समवेदना प्रकट गरेको हो।

    कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयन, सेक्रेटरी वाटर लगायत सम्पूर्ण नेता कार्यकर्ता तथा मृतक परिवारका आफन्त जन श्रदाञ्जली अर्पण गर्न उपस्थित भएका थिए। कार्यक्रमको सञ्चालन मनहरी गाँउ समितिका सेक्रेटरी गुण सिंह रुम्बाले गरेका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij