२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • पर्यटकीय सम्भाबना बोकेको ऐतिहासिक खाँचीकोट दरबार...
--3529

पर्यटकीय सम्भाबना बोकेको ऐतिहासिक खाँचीकोट दरबार प्रचार प्रचारको अभाबले ओझेलमा 

पर्यटकीय सम्भाबना बोकेको ऐतिहासिक खाँचीकोट दरबार प्रचार प्रचारको अभाबले ओझेलमा 

बिहिवार, माघ २० २०७८
बिहिवार, माघ २० २०७८
  •  अनिल नेपाली,अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका देखि  करिब ८  कि.मीको दुरीमा पर्ने   ऐतिहासिक खाँचीकोट दरबार अहिले ओझेलमा परेको छ ।

     बाइसे चौबिसे राज्य हुँदा अर्घाखाँचीमा अर्घा र खाँची दुई वटा राज्य थिए । खाँचीका तेह्रौ पुस्ताका राजा दल शाहकी छोरी चन्द्रप्रभाको विवाह गोरखाका नरभुपाल शाहसँग भएको थियो । उनी पृथ्वीनारायण शाहकी सौतेनी आमा हुन् ।

    आफ्नो सन्तान नभएपनि चन्द्रप्रभाले पृथ्वीनारायणको लालनपालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । शक्तिशाली गोर्खा राज्यसंग सम्बन्ध रहेको खाँचीको ऐतिहासिक महत्तब  रहेको छ । खाँची दरबार रहेको स्थानबाट सन्धिखर्क बजार सहित अर्घाखाँची, गुल्मी , पाल्पा जिल्लाका विभिन्न ठाउँ र सुन्दर हिमश्रृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ ।

    सुपा देउराली– नरपानीमा आउने पर्यटकलाई खाँचीकोटमा अवस्थित दरबारमा आकर्षित गर्न प्रचारप्रसारमा ध्यान  दिनुपर्ने देखिन्छ ।  सुपा देउराली नरपानीमा आउदा नजिकै रहेको ऐतिहासिक महत्त्वको खाँचीकोट दरबारसम्म पुगी उक्त स्थान नयाँ पुस्तालाई इतिहास बुझ्न, प्राकृतिक वातावरणमा रमाउन, फोटो खिच्न र टिकटक बनाउन उपयुक्त रहेको छ ।

    यस मन्दिरमा बिशेष गरि दशैंको  नवदुर्गाको पुजाआराधाना गरि दशैंको तेस्रो दिन अर्थात  त्रियादशीको दिन पौराणिक सराय मेला नाँच   हुँदै आइरहेको छ ।प्रचारप्रसारको कमीका कारण यहाँका महिमा र शक्ति पीठबारे जानकारी नभएका कारण भक्तजन आउन सकिरहेका छैनन् ।

    यस्तै महत्वपूर्ण ऐतिहासिक खाँचीकोट ओझेलमा परेको ठाउँ भएकाले त्यसको लागि सडक सञ्जालको व्यवस्थापन, पुरातात्विक ढङ्गले पुनर्निर्माण र मन्दिरलाई थप व्यवस्थित गराउन आवश्यक रहेको सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष प्रितम थाथाले बताए ।

    पर्यटकीय सम्भाबना बोकेको खाँचीकोट दरबार सरक्षणको लागि बडाबाट विभिन्न बर्षमा  १९ लाख बजेट बिनियोजन गरेर मन्दिरको व्यबस्थापन नयाँ स्वरुपको मन्दिरको निर्माणको लागि काम भईरहेको बताउदै परापुर्बक कालदेखि रहेका ईनार पौबा ब्राहमण बस्ने भबन ट्रस्ट लाई डिपिआर अनुसार सम्पन्न गरेर नयाँ ढाचा अनुसार आधुनिक इट्टा प्रयोग गरेर मन्दिर बनाउन सके मन्दिर ढुलालको प्रयोग गरेर प्रविधि मैत्री बनाउन सकेमा सुपादेउराली आएका पर्यटकलाई खाँचीकोट दरबारमा लैजान सकिने उनले बताए ।

    मन्दिर निर्माणको लागि स्थानीय बासिन्दाबाट जनश्रमदार अनुसार करिब ७ लाखको काम भएको करिब ३० लाख थप बजेट भएमा आधुनिक प्रविधिअनुसार नयाँ मन्दिर बनाउन सकिने उनले बताए। मन्दिरको सरक्षणको लागि गत साल उधोग बन तथा पर्यटन मन्त्रालयले पनि करिब १० लाख बजेट विनियोजन गरेर सिट्टीहरु निर्माण भएको छ ।

    मन्दिरको निर्माणको लागि सुपा देउराली मन्दिर व्यबस्थापन समितिबाट करिब ४ लाख बजेट विनियोजन गरेर काम भईरहेको मन्दिर आधुनिक प्रविधिअनुसार काठमाण्डौको इट्टा प्रयोग गरेर निर्माण गर्न लागिएको भविष्यमा मन्दिरमा पितलको छाना , दुडाल राखेर निर्माण गर्न सकेमा पर्यटकको आन्तारिक र बाह्य रुपमा आकर्षणकोे केन्द्र हुने नेकपा एमालेका वडा न ७ का अध्यक्ष चुरा बहादुर केसीले बताए ।

    केसीले पर्यटकको केन्द्रमा रहेको सुपादेउराली मन्दिर  आएका पर्यटकका लागि पहिलो बर्ष २० दोश्रो बर्ष ४० तेस्रो बर्ष  ७० हुदै चौथो बर्ष १०० प्रतिशत पर्यटक भित्रयाउने लक्ष्य रहेको उनले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij