२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • जनपत्रकार महासंघ डोटीद्वारा पत्रकार महासंघलाई पाँच...
--3525

जनपत्रकार महासंघ डोटीद्वारा पत्रकार महासंघलाई पाँच बुँदे ज्ञापनपत्र पेश

जनपत्रकार महासंघ डोटीद्वारा पत्रकार महासंघलाई पाँच बुँदे ज्ञापनपत्र पेश

बिहिवार, माघ २० २०७८
बिहिवार, माघ २० २०७८
  •  

     जीवन थापा,डोटि । जनपत्रकार संगठन नेपाल, जिल्ला, समिति डोटि द्वारा पत्रकार महासंघ जिल्ला शाखा डोटिलाई ५ बुदे ज्ञापनपत्र बुझाएको छ।  जनपत्रकार संगठन नेपाल , जिल्ला समिति डोटिले महासंघ लाई मर्यादित, अनुशासित र जिम्मेवार बन्न विभिन्न मागहरू राखि ज्ञापनपत्र बुझाएको छ।


    नेपाल पत्रकार महासंघ डोटिथप मर्यादित, अनुशासित र जिम्मेवार बनाउन जनपत्रकार संगठन नेपाल, जिल्ला समितिडोटिले तपशिल बमोजिममा ज्ञापनपत्र पेश गरेको छ 


    १) श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस पहल गरियोस् साथै कोभिडका कारण रोजगार गुमाएका संचारकर्मिको पुनर्स्थापना, राहत र स्वास्थ उपचारका लागि पहल गरियोस् ।


    २) सदस्यहरूको  सुद्धिकरण गरि महासंघलाई मर्यादित, अनुशासित र जिम्मेवारी बनाईयोस्। महासंघको सदस्यता प्राप्त गर्ने सन्दर्भमा देखिएका समस्याहरू हल गरियोस्। पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चित गरियोस्।


    ३) नेपाल पत्रकार महासंघले परिचालन गर्ने प्रत्यक्ष विदेशी सहायतालाई रोकियोस्  । महासंघलाई आत्मनिर्भर र स्वदेशी सहायताबाट संचालन गर्न पहल गरियोस् ।


    ४) समानुपातिक विज्ञापन प्राणालीलाई कार्यान्वयन गर्न संस्थागत पहल गरियोस् ।


    ५) पत्रकारहरुको वृद्ध विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गरियोस् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij