बुटवल । रुस र अमेरिकावीच युक्रेनको विषयलाई लिएर गत मंगलबार सुरक्षा परिषद् बैठकमा चर्काचर्की भएको थियो । उक्त विषयमा रुसले युक्रेन माथि हमला गर्ने कुनै योजना नरहेको र रुसले आफ्नो देशको सुरक्षार्थ सीमामा सैन्य टुकुडी राख्ने क्रममा साम्राज्यवादी राष्ट्र अमेरिकाको टाउको दुखाइको विषय बनेको छ ।
बेलायत र अमेरिकी साम्राज्यवादी मुलुकले यदि रुसद्धारा यृुक्रेनमथि हमला गरेमा रुस विरुद्ध कडा प्रतिकार गर्ने चेतावनी दिएको थियो ।
युक्रेनलाई नेटोको सदस्य नबनाउन मस्कोले गरेको आग्रहलाई वासिङ्गटनले अश्विकार गरेपछि दुबै पक्ष वीच आमने सामने हुने स्थिति सिर्जना भएको थियो । रुसी राष्ट्रपति भ्लादमिरि पुटनिले रुसलाई अमेरकिाले जबर्जस्ती युद्धमा पठाउन खोजीरहेको बताएका थिए ।
युक्रेनलाई नेटो गठबन्धनमा सामेल नगराउन रुसले दबाब दिंदै आएको छ । तर, अमेरकिासहतिका पश्चिमा मुलुकले चांहि मस्कोको उक्त प्रस्तावलाई अस्वीकार गर्दै आएका छन् ।
अमेरिका लगायत अन्य साम्राज्यवादी मुलुकहरु रुसको गतिविधी बाट त्रसित मानसिकताले आफ्नो तीनहजार सैन्य टुकुडी रोमानिया र पोल्याण्ड पठाउने तयारी गरिरहेको छ ।
