अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यबृद्धि विरुद्ध आज सदरमुकाम सन्धिखर्कमा विरोध प्रदर्शन गरेको छ ।
अर्घाखाँचीको सन्धिखर्कबाट पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि विरुद्धको प्रदर्शन क्रममा अखिल (क्रान्तिकारी)का सदस्य नवीन खड्का जिल्ला कोषाधयक्ष सुनिल नेपाली लगाएतलाई प्रहरीले आज गिरफ्ताकार गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।
अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यबृद्धि तत्काल खारेज गर्न माग गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्यबृद्धि तत्काल खारेज गरि प्रटोलियम पदार्थमा भइरहेका चुहावट र भ्रष्टचारी कर्मचारीहरुमाथि कारबाही तथा वैकल्पिक र आत्मनिर्भर उर्जाको उत्पादनसँगै प्रयोगमा जोड दिन समेत आग्रह गदै उक्त संगठनले विगत केही दिनदेखि माग गरेको छ ।
