२०८३, मंसिर १ गते

Nov 16 2026

Logo

२०८३, मंसिर १ गते | Nov 16 2026

images
  • खेलकुद
  • ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान...
--3496

‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता स्थगित

‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता स्थगित

सोमवार, माघ १७ २०७८
सोमवार, माघ १७ २०७८
  •  


    बुटवल, माघ १७ । लाफा समुह बुटवलले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको ‘लाफा’ बि लेभल पुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता २०७८ स्थगित गरेको छ ।


    कोभिड–१९ को तेस्रो संक्रमण (ओमिक्रोन भेरियन्ट) बढ्दै गएपछि समुहले निर्धारित समयमा नगर्ने र हाललाई स्थगित गर्ने निर्णयमा पुगेको हो । 

    समुहको सोमबार बसेको बैठकले हाललाई प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको प्रतियोगिताका संयोजक तथा समुहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए ।

    यस्तै कोभिड संक्रमणको परिस्थिति र सरकारको कोभिड संक्रमण सम्बन्धि नयाँ निर्णय अनुसार प्रतियोगिताको नयाँ मिति तय गर्ने समुहका अध्यक्ष तारा रेश्मीमगर जानकारी दिए । 

    समुहले माघको २२ र २३ गते २ दिने लाफा बि लेभल पुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।  


    लगातार ३ वर्षसम्म राष्ट्रिय लेभलको व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको समुहले यस वर्ष स्थानिय स्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ बि लेभलको प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij