रमेश रावत "विक्रान्त"
झट्ट समाजमा सबैले प्रसंशा गर्ने कुरा यो छ कि ? ती फलानाका सन्तान हुन तिनीहरूले भनेको सबैले मान्नुपर्छ । मान्छे विकाउने एउटा कारखाना भनेको पारिवारिक पृष्ठभूमि त्यो गाजिएको सामन्तवादी ,कुसंस्कार ,बुर्जुवा समाजमा छुट्टै खाले प्रवाह राख्दछ । फुल समथर चक्लाबन्दी फाटहरुमा मात्र फुल्दैन फुल चट्टानमा पनि फुल्छ यो बिज्ञान संवत् कुरा हो,एउटा भेडि गुवालाका सन्तान जो ती पञ्चायती गाउले छोटे सामन्तीबाट सबै रोजी रोटी पुर्खेउली जग्गा जमिन कब्जा गरेर हेपुवा पाराले जिन्दगी गुजार्दै आएका हिउँदको महिनामा त्यस बेलाको अौल भनिने सुर्खेतका माथिल्ला भूभाग र दैलेखका भूभागमा जाग्ना जाकेर नुन र बेसायाको जिन्दगीसंग भारतका काला पहाडमा पसिना चुहाएर दैनिकी गुजारा चलाएका समाजका निज दृष्टिकोणमा जीवन चलाएका सन्तान के त्यो जिन्दगी भन्दा वेगर आफ्नो वर्गीय मुक्तिको लागि ,हक र अधिकारको लागि लड्न साहस गर्छन् त ? गर्न त सक्छन् तर समाजमा स्थापित हुनको लागि फलानाको सन्तान जतिकै स्थान पाउनको लागि सामान्तवादी समाजमा धेरै कठिन हुन्छ विभिन्न किसिमबाट समाजका कुतत्वले जाल जेल र संयन्त्र गरेर निष्क्रिय पार्न खोज्छन् ती चम्मे मानसिकताका समाजका प्रदुषणकारी जिबहरुले त्यसबाट विचलित नभएर सबैखाले हन्डर र चुनौतीको सामाना गरेर अगाडि बढ्छ भेडि गुवालाका छोराको राजनीति ।
उतिबेला निरंकुश राजतन्त्र सहितको संसदीय व्यवस्थाको अन्त्य गरौ नयाँ जनवादी व्यवस्था स्थापना गरौ भन्ने नाराले देशमा दस बर्षसम्म निकै तहल्का पिट्यो वर्गीय मुक्ति आन्दोलनमा लागेका कयौं ती सर्वहारा श्रमजीवी वर्गका छोराछोरी कयौं भेडा चराउन छोडेर लागेका ती भेडि गुवालाका छोराछोरीले लडेका युद्ध मोर्चाभित्र गाउँ घरका इलाका प्रवेश भएका ती चैते सामन्तीका छोराछोरीलाई बिश्वास मानेर पुनः हेपाई पाएका ती भेडी गुवालाका सन्तान २०५८ सालपछि स्थान लिएको ढोका खुल्ला ,झ्याल बन्दको प्रवृत्ति हो त्यसभन्दा अगाडि सातोपुग्लो गएको ती छोटे महाराजका सन्तानहरुको जिबनचक्र २०६४ सालपछि बदलामा मिचुवा परेका ति इतिहासदेखि ढुङ्गा र माटोसंग लडिबुडि गरेर अगाडि बडेको भेडि गुवालाका सन्तानको जिबनचक्र मुक्तिको खुसियाली मनाउने ती सपना सबै प्रतिक्रान्तिको हावाहुरीले उडाएर लियो ।
एउटा गाउले उखान छ पुर्खेउली नछाड्ने अग्रेली नखाने त्यतिबेलाका समाजका कमजोर मान्छेलाई दास जस्तै हेप्ने चेप्ने संस्कारबाट प्रशिक्षित भएका ती सामान्तवादी चरित्रका अंकुशे जुकाहरुले माओवादी आधार इलाकाभित्र विभिन्न वाहानामा प्रवेश गरेर नव क्रान्तिकारी बनेर माओवादी विचार सिद्धान्तलाई फोहोरीको संज्ञा दिएर शान्ति प्रक्रियापछि अन्य पार्टीका श्रीपेच लगाएर अहिले गाउँघरमा जगन्य अपराधीक क्रियाकलापमा संलग्न छन् भुसेया अभिजात वर्गको इतिहासको मैन टाल्ने भ्रष्टाचारीहरु त्यस्तो खाले लुटतन्त्रको विपक्षमा उभिदै आएको भेडिगुवालाका छोराको राजनीति एकलकाटे हिसाबमा आफ्नो वर्ग पक्षधरताको बुलन्द आवाजको विगुल फुक्दै वर्ग संघर्षको मैदानमा अवरात्र अगाडि बढाइरहेको छ ।
गाउँका छोटे संसदीय दलभित्रका ठालुतन्त्रबाट अगाडि बढेका समाजका भार कसिङ्गर नामथरी नेताका ती काला कर्तुर, अन्याय अत्याचार र विभिन्न खाले कुतर्क समाजमा आउने विकासी योजनाको भागबण्डा लगाएर आफ्नो लुटको साम्राज्य जमाएरका चम्चावादीहरुको अति हैकमवादका विरुद्धमा निकाल्छ भेडिगुवालाका छोराले वर्गिय मुक्तिको निसानी संगैको सहिदहरुका रातो रगतले लतपतिएको रातो झण्डा गुथिरहेको छ निधारमा कपन राष्ट्रिय स्वाधीनताको पक्षमा उभिरहन्छ जहिले पनि दिन रात झेल्छ प्रतिबन्धका ती दिनहरु बालपनमै अह साथ हुदैन आफ्ना भन्नेहरूको कतैबाट डटेर सामाना गर्न अगाडि बढ्छ भेडिगुवालाको छोरा सामाजिक फासीवादी सरकारका विरुद्धमा लुकामारी खेल्छ ती डाँडापाँखामा क्रान्ति क्रान्ति भन्दै कहिले पुग्छ तराई माथीका महाभारत र चुरेमा कहिले पुक्छ हिमालका ति चुचुरोहरुमा पारिवारिक ,गाउँले यिकले अगाडि बढेको भेडिगुवालाको छोरा आफ्नो वर्गको एउटैमात्र दुश्मन देख्छ दलाल पुजीवाद, बदल्नु पर्ने संज्ञा बाड्छ सामन्तीहरुले प्रयोग गरिरहेको नायकहरु पलायन भएर शिरोधार गरेको असफल दलाल पुजीवादी संसदीय व्यवस्था अब भेडिगुवालाका छोराको एउटैमात्र सपना छ उक्त व्यवस्थाका विपक्षमा उभिएर जहिलेपनि अग्रपंक्तिले देखाएको बिचार दृष्टिकोण बैज्ञानिक समाजवादी राज्यव्यवस्था प्राप्त गर्नु आफ्नो वर्गका पुस्तालाई राजनीति संस्कारबाट पोख्त र धारिलो छुरा बनाउनु भेडि गुवालाका छोराको राजनीति हो ।
अह सकेनन् ती सरकारी नुनपानी खाएका शासकबाट निर्देशित आफ्नै वर्गका पादरीहरुले भेडिगुवालाका छोरालाई हत्कडी लगाउन हुनत के नै अपराध गरेको थियो उसले के नै विगारेको थियो समाजमा उसको दिमागमा अहिलेसम्म पनि आँखा अगाडि आउँछ त्यो घोडे महादेवको घटना बाच्न सफल ती काला काङ्ग्रेसी गुण्डाहरुबाट बचाउन सफल ती आफ्ना सहयात्रीलाई बेलाबेला कोशिस गरियो थन्क्याएर राख्न कालो कष्टडीमा थन्क्याएर राख्न हरेक लोप लालज देखाएर पलायन बनाउन खोजे प्रतिक्रियावादीहरुले राज्यले उसको आस्थाको केन्द्रलाई प्रतिबन्ध लगाएको समय अबधिभर अहिले पनि दस्तावेजिकरण भएको छ घरबाट ३ जना पादरीले लिएर जादा गाउँकै बिच बाटोबाट फुत्किएका ती पल चकित पारेर सबैको मन जित्न सफल भएको थियो भेडिगुवालाको छोरा आफ्नो नैसर्गिक अधिकार प्राप्त गर्न परीक्षा केन्द्रमा नै अनियमित शुल्कको एकलपक्षमा उभिएको थियो भेडिगुवालाको छोरा सुराकीकै कारणबाट कलिलो उमेरमा झुटा मुद्दामा हत्कडी लगाउनु पर्यो कम्युनिस्ट र क्रान्तिकारी बन्छु भन्ने बिचार सिद्धान्तमा उभिदा सहजै सामाना गरेर अगाडि बढिरहेको छ र बढ्ने छ अन्तसम्म सपना साकार पार्न कसैले रोक्न सक्दैनपक्कै खुसि भएका थिए त्यो दिनमा उसले राजनीति नगरोस् भन्न चाहानेहरु ती हिरासतका दिनहरू राम्रैसंग विताउदै गइरहेको थियो त्यसभित्र भेडी गुवालाका छोराले बाघचालधारी चेस प्रवृत्तिको छट्टु खाले बुद्धिको विकास भएको थियो , नयाँ साथीहरू भेटाएको थियो उनिहरु पनि विभिन्न मुद्दा मामिलामा भित्र आएका थिए ,राजनीति आग्रहपुर्वाग्रहले पनि भित्र पसेका ती पत्रकार ती आन्दोलनकारी त्यसैभित्र थियो भेडिगुवालाका छोराको पनि बास अह आएनन् उसलाई भेट्न आफ्ना भन्नेहरु किन? थाहा छ उनीहरूलाई राजनीति चेतना थिएन उ भेडिगुवाले खानदानबाट राजनीति गर्छु भनेर अगाडि बढेको थियोे ।
हिरासत सुध्रिने र विग्रिने थलो रहेछ भनेर स्मरण भएको थियो उसको मानसपटलमा कयौ त्यो तिहारको वरिपरि लागू आषधको मुद्दा र केहि ज्यान मारेको उद्योगमा भित्र आएका थिए आफ्नै पक्षधरमा गाभेको थियो ती अन्याय र अत्याचार सहन नसकेर प्रतिरोध गरेर भित्र पसेका विचारा ती दुई पत्रकार अनि त्यसैभित्र थियोे भेडिगुवालाका छोराका दुईवटा झुटा मुद्दा आखिर न्यायलयमा आफ्नो कडा यथार्थ झल्काएर बाहिर निस्किएको थियोे पिजडामा थन्क्याएर राख्न खोजेको राजनीति दस्तावेजलाई धारिलो बनाएर निस्केको थियो ।
उसले बुझेको के थियो भने जबसम्म सामुहिक समस्या हल हुन्छन् व्यक्तिगत समस्या हल हुन्छन् कलिलो उमेर घरपरिवार छोडर क्रान्तिको मैदान लगातार अगाडि बढिरहदा भेडिगुवालाका छोरालाई जन्मजात अन्याय अत्याचार त मन पर्दैन थियो भने झन अहिले सुइकार्य हुने कुरा नै भएन कमिसनखोरी ,भ्रष्टाचारी पार्टी संगठनभित्र भएका कुतत्वको विरुद्ध जहिलेपनि उभिएर निषेध पार्न पछि परेको थिएन उ पार्टीमाथि जथाभावी हिसाबमा दुनियाँलाई भ्रमित पार्ने गलत तत्वको सामाना गर्न जहिले पनि अग्रसर नै थियो उ देश,जिल्ला गाउँमा भएको अन्याय ,अत्याचार ,विकृति ,विसंगति र भ्रष्टाचारका विरुद्धमा उभिरहेको छ भेडिगुवालाका छोराको राजनीति उसले के नै विगारो अरुका छोराले जाँड ,रक्सी , चुरोट सुर्ति खान सिके उसले राजनीति सिक्न चाहान्छ राजनीतिलाई सेवाको रुपमा लैजानुपर्छ भन्ने बिचार राख्दछ आफ्ना अनपढ भेडिगुवाला आमाबुबाको चाहाना पनि त्यहि हो आफ्नो छोराले राजनीति गरोस् आफ्नो वर्गलाई मुक्ति गर्नेखाले राजनीति गरोस् उसका आमाबुबाबाट सिकेको अर्ती उपदेश उसले आत्मसात गरेर अगाडि बढिरहेको छ ठुलाठुला सर्त केहि छैनन् उसका एउटामात्र सर्त छ लि आउने पुस्तालाई राजनीति संस्कार र संस्कृतिको बारेमा प्रशिक्षित गरेर अन्तसम्म आफ्नो वर्ग पक्षधरताको लडाइँमा अगाडि बढेर विजय हासिल गर्ने ।
अखिल (क्रान्तिकारी ) केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज
