सन्धिखर्क । नेकपा अर्घाखाँचीले चुनढुंगा खानीबाट चन्दा लिएको भ्रामक हल्ला चलाइएको बताएको छ । नेकपा जिल्ला सेक्रेटरी माहुरीले शुक्रवार साँझ एक वक्तव्य जारी गर्दै खानीबाट नेकपाले चन्दा नलिएको स्पष्ट पारेका छन् । उनले केही मिडियामा पार्टीले 'चन्दा बार्गेनिङ गरी तीन लाख लिएर खानी चल्न दिएको' भन्ने भ्रामक समाचार सम्प्रेषित गरेको भन्दै त्यसका कुनै सत्यता नभएको बताएका छन् ।
वक्तव्यमा माहुरीले ८ बुँदे मागपत्र सहित खानी बन्द गराएको भन्दै जनताको प्रत्यक्ष जीवनमा सरोकार राख्ने विषयको उठान गर्न प्रोत्साहन गर्नुको सट्टा जबरजस्ती खानी सञ्चालन गर्नु दलाल पूँजीवादको ज्वलन्त उदाहरण भएको बताएका छन् । उनले पार्टीको निर्णयलाई बेबास्ता गरिए त्यसको परिणाम गम्भीर हुने बताउदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित हुने स्पष्ट गरेका छन् ।
नेकपा अर्घाखाँचीले भुगर्भ सिमेन्ट उद्योगले उत्खनन गर्दै आएको चुनढुंगाखानी अबैध र वातावरणीय दृष्टिले प्रतिकूल भएको भन्दै बन्द गराएको थियो ।

