२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • महासंघलाई मर्यादित र जिम्मेवार बन्न माग...
--3481

महासंघलाई मर्यादित र जिम्मेवार बन्न माग राख्दै जनपत्रकार संगठन कञ्चनपुरले बुझायो मागपत्र 

महासंघलाई मर्यादित र जिम्मेवार बन्न माग राख्दै जनपत्रकार संगठन कञ्चनपुरले बुझायो मागपत्र 

शुक्रवार, माघ १४ २०७८
शुक्रवार, माघ १४ २०७८
  •  

    कञ्चनपुर । जनपत्रकार संगठन नेपाल, जिल्ला समिति कञ्चनपुरले मर्यादित र जिम्मेवार बन्न अपिल गर्दै विभिन्न मागहरु राखी नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई शुक्रबार मागपत्र बुझाएको छ । 

    महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिंह धामीले महसंघको हितमा रहेका जायज मागहरुलाई  सम्बोधन गर्न संस्थागत रुपमा पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
    उक्त मागपत्र पेश कार्यक्रममा पत्रकार महासंघका तर्फबाट शाखाका अध्यक्ष माधव सिंह धामी र सचिव राजेन्द्र अवस्थी थिए भने जनपत्रकार संगठनका तर्फबाट अध्यक्ष गणेश एसके, सचिब अनमोल विष्ट र सदस्य प्रकाश लोहारको उपस्थिति रहेको थियो ।

    १) श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक ,पेसागत सुरक्षा र स्थायित्व लाई सुनिश्चित गर्न ठोस पहल गरियोस् साथै कोभिड १९ का कारण रोजगार गुमाएका सञ्चारकर्मी को पुनर्स्थापन , राहत र स्वास्थ्य उपचारको लागि पहल गरियोस् ।


     २) महासंघका सदस्यहरूको शुद्धीकरण गरी महासंघलाई मर्यादित र जिम्मेवार बनाइयोस् । पत्रकारिता गरिरहेका पेसागत पत्रकारहरुको सहज र निष्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चितता गरियोस् ।

     
    ३) नेपाल पत्रकार महासंघले परिचालन गर्ने प्रत्यक्ष विदेशी सहायतालाई रोकियोस् । महासंघलाई आत्मनिर्भर र स्वदेशी सहायताबाट सञ्चालन गर्न पहल गरियोस् ।

    ४) समानुपातिक विज्ञापन प्रणाली लाई कार्यान्वयन गर्न संस्थागत पहल गरियोस् । 
      
     ५) पत्रकारहरुको वृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गरियोस् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij