२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • जनपत्रकार संगठन कैलालीद्वारा पत्रकार महासंघ सुदुरपश्चिम...
--3480

जनपत्रकार संगठन कैलालीद्वारा पत्रकार महासंघ सुदुरपश्चिम र कैलाली शाखामा ज्ञापनपत्र पेश

जनपत्रकार संगठन कैलालीद्वारा पत्रकार महासंघ सुदुरपश्चिम र कैलाली शाखामा ज्ञापनपत्र पेश

शुक्रवार, माघ १४ २०७८
शुक्रवार, माघ १४ २०७८
  •  

    पुस्पा साउद,कैलाली । जनपत्रकार सङ्गठन नेपाल, जिल्ला समिति कैलालीले मर्यादित ,अनुशासित र जिम्मेवार बन्न अपिल गर्दै विभिन्न मागहरू राखी नेपाल पत्रकार महासंघ सुदुरपश्चिम शाखा र कैलाली शाखा लाई  १४ गते शुक्रबार ज्ञापन पत्र बुझाएको छ ।

     महासंघ सुदूपश्चिम प्रदेश शाखा सचिव  हरी जोशीले ज्ञापन पत्रमा उल्लेख गरिएका बुँदाहरू  पत्रकार हरुकारहरुका हकहितका लागि  भएको र  यी मागहरूलाई संसोधन गर्न यजेण्डा बनाई  संस्थागत रूपमा पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । 

    त्यसैगरी पत्रकार महासङ्घ कैलाली शाखा का अध्यक्ष हिमाल जोशीले ज्ञापन पत्रमा उल्लेख गरिएका बुँदाहरू जायज र श्रमजीवी पत्रकारहरुका हकहितका लागि भएकोले उक्त मागहरूलाई संसोधन गर्न महासङ्घ सधैं प्रतिबद्ध रहने 
    बताए ।
     उक्त ज्ञापनपत्र जनपत्रकार संगठनका सुदुरपश्चिम प्रदेश अध्यक्ष प्रकाश थापा, धर्म  बिक , राजन जैगडी, भरत दास , पुष्पा साउद को उपस्थितिमा बुझाइएको थियो ।


    ज्ञापनपत्रमा उल्लेखित ५ बुँदाहरू

    १) श्रमजीवी पत्रकारहरूको न्यूनतम् पारिश्रमिक, पेसागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस पहल गरियोस् साथै कोभिड १९ का कारण रोजगार गुमाएका सञ्चारकर्मीको पुनस्थापन, राहत र स्वास्थ्य उपचारको लागि पहल गरियोस् ।

     २) महासंघका सदस्यहरूको शुद्धीकरण गरी महासंघलाई मर्यादित र जिम्मेवार बनाइयोस् । पत्रकारिता गरिरहेका पेसागत पत्रकारहरूको सहज र निष्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चितता गरियोस् ।

     ३) नेपाल पत्रकार महासंघले परिचालन गर्ने प्रत्यक्ष विदेशी सहायतालाई रोकियोस् । महासंघलाई आत्मनिर्भर र स्वदेशी सहायताबाट सञ्चालन गर्न पहल गरियोस् ।

     ४) समानुपातिक विज्ञापन प्रणालीलाई कार्यान्वयन गर्न संस्थागत पहल गरियोस् ।

     ५) पत्रकारहरूको वृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गरियोस् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij