बुटवल । जनपत्रकार संगठन नेपाल,जिल्ला समिति कञ्चनपुरले मर्यादित र जिम्मेवार बन्न अपिल गर्दै विभिन्न मागहरु राखी नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई शुक्रबार मागपत्र बुझाएको छ । महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिंह धामीले महसंघको हितमा रहेका जायज मागहरुलाई सम्बोधन गर्न संस्थागत रुपमा पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
संगठनले निम्नानुसार मागहरु राखेको छ :
१) श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक,पेसागत सुरक्षा र स्थायित्व लाई सुनिश्चित गर्न ठोस पहल गरियोस् साथै कोभिड १९ का कारण रोजगार गुमाएका सञ्चारकर्मी को पुनर्स्थापन,राहत र स्वास्थ्य उपचारको लागि पहल गरियोस् ।
२) महासंघका सदस्यहरूको शुद्धीकरण गरी महासंघलाई मर्यादित र जिम्मेवार बनाइयोस् । पत्रकारिता गरिरहेका पेसागत पत्रकारहरुको सहज र निष्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चितता गरियोस् ।
३) नेपाल पत्रकार महासंघले परिचालन गर्ने प्रत्यक्ष विदेशी सहायतालाई रोकियोस् । महासंघलाई आत्मनिर्भर र स्वदेशी सहायताबाट सञ्चालन गर्न पहल गरियोस् ।
४) समानुपातिक विज्ञापन प्रणाली लाई कार्यान्वयनगर्न संस्थागत पहल गरियोस् ।
५)पत्रकारहरुको वृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गरियोस् ।

