२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • भारतले सुस्ता क्षेत्रमा सडक निर्माण...
--3476

भारतले सुस्ता क्षेत्रमा सडक निर्माण गर्दै :नेपाली भुमि डुवानको जोखिममा

भारतले सुस्ता क्षेत्रमा सडक निर्माण गर्दै :नेपाली भुमि डुवानको जोखिममा

शुक्रवार, माघ १४ २०७८
शुक्रवार, माघ १४ २०७८
  • बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतले नेपाली भूमि डुवान हुनेगरी सडक निर्माणको काम थालेको छ । सुस्ता क्षेत्रका सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकाका दक्षिणी भूमि डुबान हुने गरी भारतले करिव २७ किलोमिटर लामो सडक निर्माण गर्न थालेको हो ।

    ६ फिट अग्लो र ३० मिटर चौडा सडक बनाउन भारतीय पक्षले अहिले माटो फिलिङ गरिरहेको छ ।

    दशगजादेखि २५ मिटरको दूरीभित्रै सडक बनाउन थालेपछि ती चार गाउँपालिकाका दक्षिणी भू–भागमा डुवानको जोखिम बढेको छ ।

    पानिको निकास हुने कल्भर्ट वा ह्युमपाइप नराख्दा पानीको प्राकृतिक बहाव थुनिने र वर्षायाममा नेपाली भू–भाग डुवानमा पर्ने डरले त्यस क्षेत्रका बासिन्दा चिन्तित बनेका छन् ।


    यस विषयमा चारवटै गाउँपालिकाका अध्यक्षले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij