२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • रुपन्देहीका १२ विद्यालयलाई ब्रिटिस काउन्सिलको ‘अन्तर्राष्ट्रिय...
--3458

रुपन्देहीका १२ विद्यालयलाई ब्रिटिस काउन्सिलको ‘अन्तर्राष्ट्रिय विद्यालय अवार्ड’

रुपन्देहीका १२ विद्यालयलाई ब्रिटिस काउन्सिलको ‘अन्तर्राष्ट्रिय विद्यालय अवार्ड’

बुधवार, माघ १२ २०७८
बुधवार, माघ १२ २०७८
  • रुपन्देहीका १२ वटा विद्यालयले ‘अन्तर्राष्ट्रिय विद्यालय अवार्ड’ प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित संस्था ब्रिटिस काउन्सिलले प्रत्येक वर्ष प्रदान गर्ने ‘अन्तर्राष्ट्रिय विद्यालय अवार्ड’ यो वर्ष रुपन्देहीको बुटवल उपमहानगरपालिकाका इन्टलेक्चुअल एकेडेमी, कालिका मावनज्ञान माध्यमिक विद्यालय, नविन औद्योगिक, अक्सफोर्ड र मणिमुकुन्द भैरहवाको सनसाईन, कञ्चनको बुद्धदीप, सैनामैनाको प्रभात, तिलोत्तमा नगरपालिकाको एपेक्स, न्यू इन्भारमेन्ट, सिद्धार्थ र किड्स हेवानलाई ‘अन्तर्राष्ट्रिय विद्यालय अवार्ड’ प्रदान गरेको हो ।

    त्यसमध्ये बुटवलको कालिका मावन ज्ञान र नविन औद्योगिक २ वटा सामुदायिक हुन् । बाँकी १० वटा नीजि विद्यालयलाई अवार्ड प्रदान गरिएको हो ।
    हरेक वर्ष वितरण गरिने यो अवार्ड कोरोना महामारीका कारण सन् २०२० र २०२१ को एकैपटक सार्वजनिक गरिएको हो । विद्यार्थीलाई शिक्षण सिकाई, अतिरिक्त क्रियाकलाप, व्यहारिक ज्ञान लगायतका विषयमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउँदै लैजाने उद्देश्यले त्यस्ता विद्यालयलाई छनौट गरेर अर्वाड प्रदान गर्ने गरिन्छ ।

    यो अवार्ड विश्वभरका ३१ देशका विद्यालयलाई प्रदान गर्दै आएको छ । बिद्यार्थीलाई शिक्षण सिकाई, अतिरिक्त क्रियाकलाप लगायतका विषयलाई मुल्यांकन गरेर ब्रिटिस काउन्सिलले यो पटक सन् २०२० मा ५३ र २०२१ मा ५४ गरि नेपालभरका १०७ विद्यालयलाई अवार्ड प्रदान गरेको हो ।

    यो अवार्डको लागि नेपालबाट प्रत्येक वर्ष सयौं विद्यालयले आवेदन गर्ने गर्दछन् । अवार्ड पाएका विद्यालयले अन्तर्राष्ट्रिय स्तरका बिद्यालयमा आपसमा शिक्षण सिकाई क्रियाकलाप तथा विद्यार्थीका अनुभवहरु आदान प्रदान गर्ने र तीन वर्षसम्म ब्रिटिस काउन्सिलको लागो प्रयोग गर्न पाउँछन् । तीन वर्षपछि पनि उक्त लोगो प्रयोग गर्नको लागि पुन छनौट हुनु पर्दछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij