२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3456

लागुऔषध सहित एक जना पक्राउ

लागुऔषध सहित एक जना पक्राउ

बुधवार, माघ १२ २०७८
बुधवार, माघ १२ २०७८
  • कावासाेती । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेकाे छ ।

    कावासोती नगरपालिका १६ चालिसकिलो जङगल स्थित पूर्व-पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी चेकिङको क्रममा एक जनालाई लागुऔषधसहित पक्राउ गरेकाे हाे ।

     पश्चिमबाट पूर्व तर्फ जांदै गरेको ना ६ ख २३०८ नं को बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार चितवनकाे भरतपुर महानगरपालिका ४ वस्ने बर्ष अं २६ को सागर परियार पक्राृ गरेकाे हाे ।

    उनकाे साथबाट (फेनारागन २१ एम्पुल, नुर्फिन १८ एम्पुल, डाईजेपाम ९ एम्पुल ) गरी जम्मा ४८ एम्पुल लागुऔषध बरामद गरेकाे प्रहरीले जनाएकाे छ ।

    निजलाई नियन्त्रणमा लिई निज उपर लागु औषध मुद्धमा थप अनुसन्धान कार्य जारी रहेको नवलपुर प्रहरीले जनाएकाे छ 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij