२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • प्रदेश सांसद बोकेर बुटवलबाट दाङ घोराहीजाँदै...
--3454

प्रदेश सांसद बोकेर बुटवलबाट दाङ घोराहीजाँदै गरेको स्कार्पियो दुर्घटना,सांसद चौधरीसहित २ घाइते

प्रदेश सांसद बोकेर बुटवलबाट दाङ घोराहीजाँदै गरेको स्कार्पियो दुर्घटना,सांसद चौधरीसहित २ घाइते

बुधवार, माघ १२ २०७८
बुधवार, माघ १२ २०७८
  • बुटवल,माघ १२ । राष्ट्रियसभा सदस्यको मतदानका लागि प्रदेश सांसद बोकेर बुटवलबाट दाङ घोराहीजाँदै गरेको स्कार्पियो दुर्घटनामा परेको छ ।

    महेन्द्र राजमार्ग अन्तर्गत गढवा गाउँपालिकाको कालाकाटे नजिक स्कारपियो र ट्रक जुधेका हुन् । दुर्घटनामा सांसद सहित २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ गाडी २५८४ नम्बरको ट्रकसँग ठोक्किएको हाे।

    प्रदेश सांसद तुलसी चौधरी र एकजना पालिका अध्यक्ष घाइते भएका हुन् । उनीहरूलाइ उपचारको लागि अस्पताल पठाइदै छ । लुम्बिनी प्रदेशमा दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भैरहेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij