२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • नेपालको नयाँ जनसंख्या २ करोड ९१...
--3453

नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख, पुरूषभन्दा ६ लाख बढी महिला

नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख, पुरूषभन्दा ६ लाख बढी महिला

बुधवार, माघ १२ २०७८
बुधवार, माघ १२ २०७८
  • नेपालको जनसंख्या वृद्धिदर पछिल्लो ८० वर्षमै कम भएको छ।

    बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ। यो २०६८ सालको  तुलनामा झन्डै २७ लाख बढी हो।

     नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ। यो सन् १९९८पछिको सबैभन्दा न्यून हो।

    १९९८ देखिपछिका सबै जनगणनामा नेपालको जनसंख्याको  बढेको छ। वृद्धिदर १ प्रतिशतभन्दा कम भएको यसैपालि हो।

     नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।

    नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij