२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3449

काठमाडौँ मेडिकल कलेजमाथि विद्यार्थीहरूद्वारा साङ्केतिक कारवाही

काठमाडौँ मेडिकल कलेजमाथि विद्यार्थीहरूद्वारा साङ्केतिक कारवाही

मंगलवार, माघ ११ २०७८
मंगलवार, माघ ११ २०७८
  • बुटवल । लामो समयदेखि विभिन्न मागहरु राखेर संघर्ष गर्दै आएका विद्यार्थीहरुले सुनिल शर्माको काठमाडौँ मेडिकल कलेजमा ढुंगामुढा प्रहार गरेका छन् । मंगलबार विद्यार्थीहरुले भक्तपुरको दुवाकोटमा रहेको काठमाडौँ मेडिकल कलेजमा सडकबाटै ढुंगा प्रहार गरेका हुन् ।

    ढुंगा प्रहारबाट मेडिकल कलेजका सिसा फुटेका छन् । उनीहरुले ‘मेडिकल माफिया होशियार, सुनिल शर्मा मुर्दावाद’ भन्दै मेडिकल कलेजमा ढुंगा हानेका हुन् । काठमाडौँ मेडिकल कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएपनि अहिलेसम्म फिर्ता गरेको छैन । मेडिकल माफियाहरुले लुटको स्वर्ग चलाएको भन्दै सांकेतिक रुपमा ढुंगामुढा गरिएको बिद्यार्थीहरुलेब बताएका छन् । बिद्यार्थीहरुबाट असुलिएको अतिरिक्त शुल्क फिर्ता नगरे थप कडा संघर्ष गर्ने बिद्यार्थीहरुले बताएका छन् । 

    शिक्षा मन्त्रालयले आग्रह गर्दासमेत अतिरिक्त शुल्क फिर्ता गर्न नमानेपछि कलेजमा ढुंगामुढा गरेर बिद्यार्थीले कारबाही गरेको अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष रूपा बुढा मगरले जानकारी दिइन् ।

    बिद्यार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न धेरैपटक आग्रह गरेपनि कलेजले नमानेपछि बिद्यार्थीहरुले कारवाही गरेको बताइन् । उनले मेडिकल माफियाविरुद्ध संगठनले थप कडा संघर्ष गर्ने समेत बताइन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij