२०८३, कार्तिक २२ गते

Nov 07 2026

Logo

२०८३, कार्तिक २२ गते | Nov 07 2026

images
वैदेशिक रोजगारदाता नेपालीहरुको पीडा

नेपालीहरु दशपटक ठगिएर विदेश जान बाध्य

नेपालीहरु दशपटक ठगिएर विदेश जान बाध्य

नेपाली युवाहरु वैदेशिक रोजगारमा जान बाध्य पारिएका छन् । नेपालीहरु बार्षिक २० लाखको दरले विदेशिने गरेको अध्यागमन विभागले बताउदै आएको छ । सरकारले उर्जाशील नौजवान युवाहरुलाई सस्तो श्रमबजारमा विदेश पठाएर विद्रोह नगरुन् भनेर आफ्नो भ्रष्ट चरित्रलाई जोगाउदै आएको छ ।

बिहिवार, जेठ २३ २०८२
बिहिवार, जेठ २३ २०८२
  • बुटवल । नेपाली युवाहरु वैदेशिक रोजगारमा जान बाध्य पारिएका छन् । नेपालीहरु बार्षिक २० लाखको दरले विदेशिने गरेको अध्यागमन विभागले बताउदै आएको छ । सरकारले उर्जाशील नौजवान युवाहरुलाई सस्तो श्रमबजारमा विदेश पठाएर विद्रोह नगरुन् भनेर आफ्नो भ्रष्ट चरित्रलाई जोगाउदै आएको छ । 

    नेपाली युवाहरुको पनि दैनिक रोजीरोटीका लागी विदेश पलायन हुनुपर्ने बाध्यता छ । यही बाध्यताको दोहन गर्दै युवाहरु दशपटक ठगिनुपरेको छ । यो समाचार आजको नयाँपत्रिकामा कृष्ण रिजालले लेखेका छन् । 

    सुरुमा विदेश पठाउने भनेर म्यानपावर कम्पनीसँग जोडिएवापत लोकल एजेण्टले कमिसन खान्छन् । जबकी त्यो कानुनी रुपमा अबैध हुन्छ । दोस्रोमा म्यानपावर कम्पनीले फ्री टिकट र फ्रि भिसाको व्यवस्था भएको देशमा पठाउँदा सेवा शुल्क बाहेक एकलाखदेखि चारलाखसम्म लिन्छन् । तेस्रो, एयरलायन्स कम्पनीहरुले टिकटमा ठग्छन् । सस्तो टिकटलाई महंगोमा बेच्छन् । चौंथो, वैदेशिक रोजागार विभागले काम ढिलासुस्ती र प्रक्रिया देखाएर ठग्छन् । पाँचौं, स्वास्थ्य जाँच गर्ने नाउँमा ठगिन्छन् । फर्जी र गलत रिपोर्ट दिएर पैसा लिन्छन् । 

    छैंठौ, तालिम अनिवार्य लिनुपर्ने भनेर रकम असुलेर ठगिरहेका छन् । सातौं, श्रमिक ठगीको मुख्य अड्डा अध्यागमन विभाग हो । अध्यागमन विभागमा विभिन्न हर्कत गरेर यात्रु ठग्छन् । मानवतस्करी र ठगीका ठूला ठूला घटनाहरु आइरहेका उदाहरण छन् । आठौं, बल्लतल्ल विदेश पुगेका नेपालीहरु विदेशस्थित नेपाली दुताबासबाट मागपत्र र प्रमाणिकरणको नाउँमा ठगिन्छन् । नवौं, सम्झौता अनुसार काम, तलब नदिएर र अतिरिक्त काम गराएर श्रमिक ठगिन्छन् । र अन्त्यमा दशौं, श्रमिकहरुलाई समस्या पर्दा निष्पक्ष छानविन नगर्ने, कम्पनीका मात्रै कुरा सुन्ने र नेपाली श्रमिक ठगिदै आएका छन् ।   

    श्रम मन्त्रालयको वैदेशिक रोजगारसँग सम्बन्धित राहत उद्धार तथा समन्वय शाखा, मुद्दा शाखा र प्रहरी शाखामा उजुरी र गुनासाको चाङ लाग्ने गरेको छ । ०८०र८१ मा ती शाखामा ७ हजार ७६३ उजुरी परेका थिए । त्यसमध्ये ३ हजार ८३७ उजुरी फस्र्योट गरेको मन्त्रालयको दाबी छ । हेल्लो सरकारको ०८०र८१ कै प्रतिवेदनले पनि वैदेशिक रोजगारीका सन्दर्भमा प्रशस्तै गुनासा आउने गरेको देखाएको छ । उक्त वर्ष हेलो सरकारमा वैदेशिक रोजगारसम्बन्धी ८२, मानव तस्करीसम्बन्धी १०, श्रम रोजगार तथा सामाजिक सुरक्षासम्बन्धी १५२ गुनासा आएका थिए । सोही वर्ष वैदेशिक रोजगार विभागको विषयमा १८३ गुनासा परेका थिए । यस्ता गुनासा र उजुरीले वैदेशिक रोजगारीमा चरम बेथिति र भ्रष्टाचार रहेको प्रस्ट हुने सरोकारवालाहरू बताउँछन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij