बुटवल । नेकपा कपिलवस्तुले जनयुद्धका क्रममा एउटै परिवारका दुईजना सहिद कमरेड शंकर र कमरेड राजुको आवास निर्माणमा सहयोग गरेको छ ।
निर्माण कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य सन्जीव सी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज संगम सीलगायत जिल्लाका अन्य स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । साथमा सहिदद्धयकी आमा देवीमाया र ममता सी समेत रहेकी छन् ।
सहिद शंकर बिकको २०५९ माघ १५ गते गुल्मीको अर्खाबाङमा तत्कालीन शाहिसेना संगको भिडन्तमा र सहिद कमरेड राजुको २०६१ असोज १६ गते गुगौली कपिलवस्तुमा शाहिसेनाद्वारा गिरफ्तार गरी हत्या गरेको थियो ।
