२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • देवदहमा पहिलोपटक सुरु भयो छाडा कुकुर...
समाचार

देवदहमा पहिलोपटक सुरु भयो छाडा कुकुर व्यवस्थापन

देवदहमा पहिलोपटक सुरु भयो छाडा कुकुर व्यवस्थापन

यशोदा पार्वती फाउण्डेसनको सहयोगमा ‘अल केयर नेपाल’द्वारा चरंगेमा केन्द्र स्थापना

सोमवार, जेठ २० २०८२
सोमवार, जेठ २० २०८२
  • यशोदा पार्वती फाउण्डेसनको सहयोगमा ‘अल केयर नेपाल’द्वारा चरंगेमा केन्द्र स्थापना

    कुकुरलाई उद्धार गर्नुपर्‍यो? अब चरंगेबाट एम्बुलेन्सै आउँछ!

    के तपाईंको वरिपरि सडकमै छटपटाइरहेका, दुर्घटनामा परेका वा असहाय अवस्थामा रहेका कुकुरहरू देख्नुभएको छ? अब त्यस्ता कुकुरहरूको उद्धारका लागि तपाईंले देवदह–१०, चरंगेमा स्थापना भएको ‘अल केयर नेपाल’ लाई सिधै फोन गर्न सक्नुहुन्छ।

    उक्त संस्थाले यशोदा फुड्स प्रालिको सहयोगमा एम्बुलेन्स सेवासहित प्राविधिक टोली पठाएर कुकुरलाई उपचार केन्द्रमा पुराउने व्यवस्था मिलाएको छ। यो नेपाली समाजमा जनावरप्रतिको सहानुभूति र उत्तरदायित्वतर्फको महत्वपूर्ण कदम हो।

    चरंगेमा सुरु भयो ‘छाडा कुकुर’ व्यवस्थापन सेवा

    रुपन्देहीको देवदह नगरपालिका वडा नं. १०, चरंगेमा छाडा कुकुरहरूको उपचार र व्यवस्थापनको सेवा पहिलोपटक सुरु भएको हो। यशोदा पार्वती फाउण्डेसनको सहयोगमा "अल केयर नेपाल " ले यो सेवा सुरु गरेको हो।

    आइतबार आयोजित उद्घाटन कार्यक्रममा देवदह नगरप्रमुख ध्रुवप्रसाद खरेलले व्यवस्थापन केन्द्र उद्घाटन गर्दै संस्थागत रूपमा अभियानको थालनी गरे। उनले सो अवसरमा फाउण्डेसनबाट प्रदान गरिएको जनावर एम्बुलेन्स पनि ‘अल केयर नेपाल’लाई हस्तान्तरण गरे।

     "जनावरप्रतिको माया नै सभ्य समाजको पहिचान हो" — नगरप्रमुख खरेल

    नगरप्रमुख खरेलले जनावरप्रतिको सहानुभूति मानव सभ्यताको आधार भएको उल्लेख गर्दै यस्ता मानवीय कार्यमा देवदह नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।

    कार्यक्रममा देवदह–१० का वडा अध्यक्ष यकबहादुर सुनार, फाउण्डेसनकी अध्यक्ष सुरन्दा मालपानी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, यशोदा फुड्सका सञ्चालक नरेश्वर पौडेल, र गाइ संरक्षण अभियन्ता सोमराज ‘महाराज’ लगायतको उपस्थिति रहेको थियो।

    उनीहरूले कुकुर र मानवबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै समाजमा छाडा जनावरहरूको उचित व्यवस्थापन गर्नु आजको आवश्यकता भएको धारणा व्यक्त गरे।

     "चरंगेमा बन्दैछ आधुनिक कुकुरशाला"

    देवदह, बुटवल र तिलोत्तमा समेट्ने दीर्घकालीन योजना

    ‘अल केयर नेपाल’ले देवदह, बुटवल र तिलोत्तमा क्षेत्र समेट्ने गरी दीर्घकालीन संरचनासहितको व्यवस्थित कुकुरशाला निर्माण गर्ने योजना सार्वजनिक गरेको छ। यसले आगामी दिनमा छाडा कुकुर व्यवस्थापनलाई वैज्ञानिक, मानवीय र दिगो बनाउने अपेक्षा गरिएको छ।

    कार्यक्रम यशोदा फुड्स प्रालिका सञ्चालक चुन्नु पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सरस्वती बश्यालले गरेकी थिइन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij