२०८३, कार्तिक २२ गते

Nov 07 2026

Logo

२०८३, कार्तिक २२ गते | Nov 07 2026

images
  • समाचार
  • नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको...
समाचार

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको अध्यक्षमा सागर पाठक चयन

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको अध्यक्षमा सागर पाठक चयन

आइतवार, जेठ १९ २०८२
आइतवार, जेठ १९ २०८२
  • बुटवल, नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार शंकरनगर बनबाटिकामा सम्पन्न भएको छ।

    कार्यक्रमको अध्यक्षता शाखाकी उपाध्यक्ष अञ्जु पौडेलले गर्नु भएको थियो भने सञ्चालन महासचिव सागर पाठकले गर्नुभएको थियो।

    उक्त अवसरमा प्रमुख अतिथिका रूपमा उपस्थित तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले संस्थाले चार वर्षको छोटो अवधिमै रक्तदानको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै भन्नुभयो, “नेपाल स्वयंसेवी रक्तदाता समाज जस्ता संस्थाका कारण तिलोत्तमामा रगत अभावको अवस्था सिर्जना हुन पाएको छैन।” उहाँले नगरबासी सबैलाई यस्तो अभियानमा हातेमालो गर्न आह्वान समेत गर्नुभयो।

    नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रुपन्देही जिल्ला मात्रै नभई छिमेकी जिल्लाहरुको समेत रगत व्यवस्थापनमा सहयोग पु‍र्‍याउँदै आएको उल्लेख गर्दै तिलोत्तमा शाखाको भूमिकालाई महत्वपूर्ण बताउनुभयो।

    कार्यक्रममा वक्ताहरुले रक्तदान अभियानमा सक्रिय यस्ता संस्था र स्वयंसेवकहरुको योगदानलाई समाजको गहना भएको भन्दै सबै पक्षबाट सहयोग र सम्मान गर्नुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा एक वर्षभित्र संयुक्त रक्तदान आयोजना गर्ने संस्था, नियमित रक्तदाता, सहयोगी संस्था तथा नव चयनित आजीवन सदस्यहरूलाई सम्मान गरिएको थियो।

    अधिवेशनले सागर पाठकको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। निर्वाचन समिति संयोजक दिवाकर ढकाल, सदस्य मनिराम भट्टराई र जानकी नेपालले नेतृत्व गरेको थियो।

    नयाँ कार्यसमिति यस प्रकार चयन गरिएको छः

    अध्यक्ष: सागर पाठक

    वरिष्ठ उपाध्यक्ष: पुर्णचन्द्र सुवेदी

    उपाध्यक्ष: अञ्जु पौडेल

    महासचिव: सम्झना पाण्डे

    सचिव: शंकर गौतम

    कोषाध्यक्ष: भेषराज आचार्य

    सह-कोषाध्यक्ष: धनपती पौडेल

       सदस्यहरू:

    रोहिता राई राना

    शिव पाण्डे

    रविन जोशी

    सागर भट्टराई

    राधिका भुसाल

    चन्द्र पाण्डे

    कार्यक्रममा संस्थाका विशिष्ट संरक्षक अर्जुनप्रसाद पौडेल, सल्लाहकार टेकबहादुर थापा, तिलोत्तमा नगरपालिका–२ का वडाध्यक्ष डिलबहादुर भट्टराईलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij