२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • अफताव आलमले अस्पतालमा बर्बराउँदै भने, 'मैले...
समाचार

अफताव आलमले अस्पतालमा बर्बराउँदै भने, 'मैले मान्छे मारेकै हो’

अफताव आलमले अस्पतालमा बर्बराउँदै भने, 'मैले मान्छे मारेकै हो’

जिउँदै मान्छेलाई इँटाभट्टामा जलाएको आरोप लागेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई मस्तिष्काघात भएको छ।

शनिवार, जेठ १८ २०८२
शनिवार, जेठ १८ २०८२
  • काठमाडौँ । जिउँदै मान्छेलाई इँटाभट्टामा जलाएको आरोप लागेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई मस्तिष्काघात भएको छ।

    बुधबारमात्रै जेलमुक्त भएका पूर्वमन्त्री आलमलाई बिहीबार बिहान ७ बजे मस्तिष्कघात भएको परिवारका सदस्यले जनाएका छन्। उनलाई माइतीघरमा रहेको अन्तपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको छ। उनको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको अस्पतालले जनाएको छ।

    ‘मैले मान्छे मारेकै हो’
    अस्पताल स्रोतका अनुसार जिउँदै मानिस जलाएको राजपुर घटनाबारे आलम आईसीयूमै बरबराइरहेका छन् ।

    ‘मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ भन्दै नर्सहरुलाई गालि गरिरहनु भएको छ। कति जना मारेँ कसरी मारेँ भनेर बरबराइरहनु भएको छ’, अस्पताल स्रोतले भन्यो ।

    नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई उच्च अदालतले बुधबार सफाइ दिएको थियो। रौतहट जिल्ला अदालतको फैसला अनुसार जन्म कैदको सजाय भुक्तान गरिरहेका आलम उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले सफाइ दिएपछि त्यसैदिन थुनामुक्त भएका थिए।

    रौतहट जिल्ला अदालतले दोषि ठहर गरेका ४ जनालाई नै उच्च अदालतले सफाइ दियो। २०६४ सालको निर्वाचनमा राजपुरमा आतंक मच्चाएर चुनाव जित्न बम बनारहँदा विस्फोटमा परेका घाइतेलाई इँटा भट्टामा लगेर जलाएको आरोप उनीसहितका अभियुक्तहरुलाई थियो।

    आलमकै घरमा बम बनाउने क्रममा विस्फोट हुँदा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए। तर घटना दबाउन उनीहरूलाई आलमले आफ्नै इँटाभट्टाको चिम्नीमा जलाई मारेको अभियोग थियो।

    उक्त घटनाको १२ वर्षपछि २६ असोज २०७६ मा मात्र उनी पक्राउ परेका थिए। तर उच्चको फैसलापछि रिहा भएका उनी मस्तिष्कघातका कारण २ दिनपछि नै अस्पताल पुगेका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij