२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
समाचार

कारागारबाट अफताब आलम छुटेसँगै सर्वत्र विरोध

कारागारबाट अफताब आलम छुटेसँगै सर्वत्र विरोध

इँट्टा भट्ठामा हालेर मान्छेलाई जिउँदै जलाएको कसूरमा ६ वर्षदेखि जेलमा रहेका नेपाली कांग्रेसका नेता एवं रौतहटका पूर्वसांसद मोहम्मद अफताब आलमलाई उच्च अदालत अस्थायी इजलास वीरगन्जले सफाइ दिएपछि यो घटनाको सर्वत्र विरोध भएको छ ।

बुधवार, जेठ १५ २०८२
बुधवार, जेठ १५ २०८२
  • बुटवल । इँट्टा भट्ठामा हालेर मान्छेलाई जिउँदै जलाएको कसूरमा ६ वर्षदेखि जेलमा रहेका नेपाली कांग्रेसका नेता एवं रौतहटका पूर्वसांसद मोहम्मद अफताब आलमलाई उच्च अदालत अस्थायी इजलास वीरगन्जले सफाइ दिएपछि यो घटनाको सर्वत्र विरोध भएको छ । 

    अदालतको यो निर्णपछि आलम छुटेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सर्वत्र विरोध भएको छ । उनीहरुले २३ जना व्यक्तिलाई इटाभट्टामा जिउँदै जलाएर जन्मकैद फैसला गरेको व्यक्तिलाई अदालत रिहा गराउनु संकास्पद भएको बताएका छन् । 

    पहिलो संविधानसभाको निर्वाचनको बेला चुनावलाई प्रभावित पार्न २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटमा घाइते भएका २३ जना व्याक्तिहरूलाई जिउँदै इँट्टा भट्ठामा हालेर हत्या गरेको कसूरमा दोषी ठहर गर्दै रौतहट जिल्ला अदालतले २०८१ बैशाख १३ गते आलमसहित चार जनालाई जन्ममकैदको सजाय सुनाएको थियो ।

    त्यसबेला रौतहट जिल्ला अदालतले आलमसँगै उनका भाइ ममताब आलम, शेख सेराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाएको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij