२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • दाङमा नेकपाद्धारा सहिदको मूर्ति अनावरण सहित...
समाचार

दाङमा नेकपाद्धारा सहिदको मूर्ति अनावरण सहित विविध कार्यक्रम

दाङमा नेकपाद्धारा सहिदको मूर्ति अनावरण सहित विविध कार्यक्रम

नेपाल कम्युनिस्ट पार्टीका आदरणीय महासचिव विप्लव सीको उपस्थितिमा दुई दिनको बीचमा दाङमा १३ वटा कार्यक्रम सम्पन्न भएका छन् ।

बुधवार, जेठ १५ २०८२
बुधवार, जेठ १५ २०८२
  • नेपाल कम्युनिस्ट पार्टीका आदरणीय महासचिव विप्लव सीको उपस्थितिमा दुई दिनको बीचमा दाङमा १३ वटा कार्यक्रम सम्पन्न भएका छन् ।
     
    १-तुलसीपुर १९ वाँसगडिमा सहिद परिवार र स्थानीय जनताद्वारा नेकपाका महासचिव विप्लव सीलाई स्वागत,महासचिव विप्लव सी द्वारा सन्ध्याकालिन सम्बोधन ।
    २-एकीकृत जनक्रान्तिमा जीवन वलिदान गर्नुभएका सहिद गादीराम राना महानका परिवारसँग महासचिव विप्लव सीको भेटघाट ।
    ३-बबई ३ हंसपुर दाङमा नेपाल कम्युनिस्ट पार्टी दाङले निर्माण गरेको सहिद महानको शालिक र महान स्मृति पार्कको उद्घाटन ।
    ४- स्मृति सभा ।
    ५-तुलसीपुरका व्यावसायी द्वारा महासचिव विप्लव सी लाई स्वागत र महासचिव विप्लव सी सँग व्यावसायीहरुको अन्तर संम्वाद ।
    ६-घोराही१६, शक्ति टोल विकास संस्थाका स्थानीयहरु लाई विप्लव सीको सन्ध्याकालिन सम्बोधन ।
    ७- बयलडाँडा चौतारी कल्ब घोराहीले आयोजना गरेको मोर्निङवाक तथा श्रम कार्यमा महासचिव विप्लव सी,स्थायी समिति सदस्य सन्तोष सी लगाएतका नेताकार्यकर्ता सहभागगिता ।
    ८-घोराही १३का सुकुम्बासीहरु सँग महासचिव विप्लव सीको अन्तरक्रिया ।
    ९-राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा महासचिव विप्लव सी द्वारा निरीक्षण,अवलोकन र प्रतिष्ठानका पदाधिकारी ,डाक्टरहरु,विभागीय प्रमुखहरू सँग अस्पतालको सेवा सुविधा ,शैक्षिक गतिविधि वारे छ्लफल।
    १०- बुद्धिजीबि,ब्यावसायी,लेखक ,पत्रकार र समाजसेवी सँग महासचिव विप्लव सीको सर्वपक्षीय वृहत अन्तरक्रिया ।
    ११- महासचिव विप्लव सी द्वारा वरगद्दिका सहिद परिवार सँग घोराही १७ ओखरामा भेटघाट ।
    १२-जनपत्रकार संगठनले प्रकाशन गरेको कृष्णसेन इच्छुक स्मृति र आदर्श पुस्तक विमोचन !
     
    यी सवै कार्यक्रमवाट नयाँ र ताजा अनुभुति प्राप्त भएको छ। नेपालको कम्युनिस्ट राजनीति ,समाजवादी आन्दोलन र नेतृत्वप्रतिको विश्वास ,भरोसा र आशाको पुनर्गठन हुँदै आकर्षणको अर्को लहर सुरु हुने संभावना बलियो बन्दै गएको अनुभुति भएको छ।,बेरोजगारी, बिचलन,स्खलन ,भ्रष्टाचार असन्तुष्टि,अविश्वास,निराशाको अध्यारोलाइ दृढ़ इच्छाशक्ति नयाँ संकल्प, नयाँ सपना, असल व्यवहारद्वारा समाजवादी सम्भावनाको उज्यालो वाटो देखाउन अहोरात्र खट्ने नेपालको कम्युनिस्ट राजनीतिका उर्जाशील नेता, नेपाल कम्युनिस्ट पार्टीका आदरणीय महासचिव विप्लव सी र महासचिवको सचिवालय प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
     
    अरु विभिन्न भेटघाटका कार्यक्रमहरु,आसन्न केन्द्रीय समिति वैठकको लागि महासचिव कमरेडको समय व्यवस्थापन गर्नुपर्ने चापले मिलाउन सकिएन । खवर गर्नुपर्ने र पुग्नुपर्ने कयौं आदरणीय सहिद परिवार र विभिन्न व्यक्तित्वहरुसम्म खवर पुग्न /पुर्याउन कमि भएको छ। यस्को लागि यहाँहरुको भावनामा पर्न गएको असरप्रति क्षमा चाहान्छु।
     
    यी सवै कार्यक्रममा सहभागी हुने,रचनात्मक सुझाव दिने र सहयोग गर्नेआदरणीय जनसमुदाय,सहिद परिवार,वेपत्ता योद्धा परिवार ,बुद्धिजीबि, उद्योगी, व्यावसायी, समाजसेवी ,लेखक, पत्रकार, विभिन्न राजनीतिक दलका नेता साथीहरू,सुरक्षाकर्मी, कर्मचारी, नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश इन्चार्ज स्थायी समिति सदस्य आदरणीय सन्तोष सी विषम र कार्यक्रमको तयारी, व्यवस्थापनमा अहोरात्र खट्ने प्रिय कमरेडहरु, हरतहले सहयोग गर्ने, सद्भाव प्रकट गर्ने आदरणीय व्यावसायी साथीहरू सवैप्रति हार्दिक आभार प्रकट गर्दछु।,धेरैधेरै धन्यवाद दिन चाहान्छु।अब छिट्टै बस्ने पार्टी केन्द्रीय समिति वैठकले देश र जनताको जीवनसँग प्रत्यक्ष जोडिने नयाँ निर्णय लिने प्रयत्न गर्नेछ, तपाईंहरुवाट पनि सुझावको अपेक्षा गर्दछु ।
    १४ जेष्ठ २०८२,दाङ ।
     
    -सविन सीको फेसबुक वालबाट

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij