२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • बुटवल होराइजनचोकमा तीनजनाको विभत्स हत्या, सुजन...
समाचार

बुटवल होराइजनचोकमा तीनजनाको विभत्स हत्या, सुजन कोइराला पक्राउ

बुटवल होराइजनचोकमा तीनजनाको विभत्स हत्या, सुजन कोइराला पक्राउ

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ होराइजन चोकस्थित मिलिजुली पथमा एक आमा सहित दुइ बच्चाको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार होराइजनचोक नजिकै मिलिजुली पथमा महिलाको हत्या भएको हो ।

बुधवार, जेठ १५ २०८२
बुधवार, जेठ १५ २०८२
  • बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ होराइजन चोकस्थित मिलिजुली पथमा एक आमा सहित दुइ बच्चाको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार होराइजनचोक नजिकै मिलिजुली पथमा महिलाको हत्या भएको हो ।

    उनीहरुलाई घरेलु हतियार हथैडा र चक्कु प्रहार गरी हत्या गरेको डिएसपी सुरज कार्कीले जानकारी लिए । कार्कीका अनुसार पाल्पा घर भएकी ३१ वर्षीया दिपा बस्याल र उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्याल हत्या भएको हो । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०र३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसि केहि वर्ष अघि संविधान दिवसको दिन आम माफि पाएर छुटेको घटना उपस्थित स्थानीयले बताएका छन् । डिभोर्स भएर अर्कैसँग बिवाह गरि गएकी पूर्व श्रीमतिलाई पुर्व श्रीमानले आफ्नै घरमा बोलाई आज बिहान अन्दाजि ४ बजेतिर घटना घटाएको प्रहरीको भनाई छ । उनीहरुबीच करिब ८/१० पहिलेनै सम्बन्ध विच्छेद भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यद्यपी घटनाको सम्पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij