२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • राष्ट्रिय युवा संगठनको अध्यक्षमा क्षितिज थेबे...
समाचार

राष्ट्रिय युवा संगठनको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

राष्ट्रिय युवा संगठनको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

मंगलवार, जेठ १४ २०८२
मंगलवार, जेठ १४ २०८२
  • पोखरा  – नेकपा (एमाले)को प्रमुख जनवर्गीय संगठन राष्ट्रीय युवा संगठन नेपालको दशौँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। संगठनको अध्यक्षमा क्षितिज थेबे  पुनः निर्वाचित भएका छन्। उनले अध्यक्ष पदका प्रतिस्पर्धी तथा हालका महासचिव सुमन पुरीलाई पराजित गर्दै नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्।

     

    निर्वाचनमा थेबेले ७९६ मत प्राप्त गर्दा पुरीले ६०८ मतमा सिमित रहे। यसरी थेबे १८८ मतको फराकिलो अन्तरले विजयी भएका हुन्। कुल १,४०४ मत खसेको निर्वाचनमा युवा प्रतिनिधिहरूको व्यापक सहभागिता देखिएको थियो।

     

    यसअघि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए। तर, कार्यकर्ताहरूले उक्त निर्देशनको अवज्ञा गर्दै मतदानमार्फत नेतृत्व चयनको माग गरेपछि निर्वाचन प्रक्रिया अपनाइएको हो।

     

    यस महाधिवेशनले संगठनभित्र लोकतान्त्रिक अभ्यास र युवा नेतृत्वमा प्रतिस्पर्धाको महत्वलाई पुनः पुष्टि गरेको छ।

    राष्ट्रिय युवा संगठनको अध्यक्षमा क्षितिज थेबे निर्वाचित 
    पोखरा  – नेकपा (एमाले)को प्रमुख जनवर्गीय संगठन राष्ट्रीय युवा संगठन नेपालको दशौँ महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। संगठनको अध्यक्षमा क्षितिज थेबे  पुनः निर्वाचित भएका छन्। उनले अध्यक्ष पदका प्रतिस्पर्धी तथा हालका महासचिव सुमन पुरीलाई पराजित गर्दै नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्।

    निर्वाचनमा थेबेले ७९६ मत प्राप्त गर्दा पुरीले ६०८ मतमा सिमित रहे। यसरी थेबे १८८ मतको फराकिलो अन्तरले विजयी भएका हुन्। कुल १,४०४ मत खसेको निर्वाचनमा युवा प्रतिनिधिहरूको व्यापक सहभागिता देखिएको थियो।

    यसअघि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए। तर, कार्यकर्ताहरूले उक्त निर्देशनको अवज्ञा गर्दै मतदानमार्फत नेतृत्व चयनको माग गरेपछि निर्वाचन प्रक्रिया अपनाइएको हो।

    यस महाधिवेशनले संगठनभित्र लोकतान्त्रिक अभ्यास र युवा नेतृत्वमा प्रतिस्पर्धाको महत्वलाई पुनः पुष्टि गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij