बुटवल। अनियमित तथा अघोषित लोडसेडिङको विरोधमा उपभोक्ता हित संरक्षण मञ्च बुटवलले नेपाल विद्युत् प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालयमा मंगलबार ६ बुँदे ज्ञापनपत्र बुझाएको छ।
प्रचण्ड गर्मीको समयमा बिना पूर्वसूचना हुने विद्युत् कटौतीका कारण उद्योग, व्यापार, कलकारखाना तथा आम नागरिकहरू समस्यामा परेका छन् भन्दै मञ्चले सेवा प्रदायक निकायलाई जिम्मेवार बन्न आग्रह गरेको हो। सोही सन्दर्भमा प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय तथा बुटवल वितरण केन्द्रमा ज्ञापनपत्र बुझाइएको हो।
मञ्चका अध्यक्ष समुन्द्र जिसीले लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुशियत यादवलाई ज्ञापनपत्र बुझाउँदै, अनियमित विद्युत् आपूर्तिका कारण जनजीवन प्रभावित भएको जनाउँदै बिना सूचना लाइन नकटाउन आग्रह गरे। उनले भने, “विद्युतीय सेवा उपभोग गर्न पाउने उपभोक्ताको अधिकार विपरीत आगामी दिनमा कुनै पनि सेवा अवरोध हुनु पूर्व सार्वजनिक सूचना जारी गर्नुपर्छ। नियमित र सहज आपूर्ति सुनिश्चित गरिनुपर्छ।”
उनले विद्युत् आपूर्तिमा अवरोध हुँदा कलकारखाना, कार्यालय तथा अन्य सेवा क्षेत्रका कामकाज प्रभावित भई सर्वसाधारण हैरानीमा परेको बताए।
ज्ञापनपत्र बुझ्दै प्रमुख यादवले कहिलेकाहीँ आफैंलाई पनि जानकारी नहुने गरी ‘फोर्स सटेज’ को कारण विद्युत् अवरुद्ध हुन सक्ने बताए। “हामीले पनि सूचना दिएरै लाइन काट्ने गरेका छौं,” यादवले भने, “अकस्मात् समस्या र भारतबाट आयात हुने विद्युत् आपूर्तिमा समस्या आउँदा सूचना दिन नसकिने अवस्था आउँछ। तर सामान्य अवस्थामा जानकारी दिइन्छ।”
उनले गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।
यसै क्रममा अध्यक्ष जिसीले बुटवल वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेलाई पनि ज्ञापनपत्र बुझाए। कार्यक्रममा मञ्चका लुम्बिनी प्रदेश अध्यक्ष तेजकुमार पाठक, मानव अधिकार तथा शान्ति समाज, खुद्रा किराना व्यवसायी, होटल तथा रेस्टुरेन्ट व्यवसायी, रूपन्देही डेरी व्यवसायी समिति लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
हाल बुटवल क्षेत्रमा दैनिक रूपमा विद्युत् आउने-जाने समस्या भइरहेको छ। यद्यपि, वितरण शाखा प्रमुख कपिलराज पाण्डेले नियमित रूपमा सेवा उपलब्ध गराइरहेको दाबी गरेका छन्।
उपभोक्ता हित संरक्षण मञ्च बुटवलद्वारा नेपाल विद्युत् प्राधिकरणमा ज्ञापनपत्र बुझाइयो