२०८३, कार्तिक २३ गते

Nov 08 2026

Logo

२०८३, कार्तिक २३ गते | Nov 08 2026

images
  • समाचार
  • वैदेशिक रोजगारीमा जानेको संख्या १२ प्रतिशतले...
समाचार

वैदेशिक रोजगारीमा जानेको संख्या १२ प्रतिशतले बृद्धि

वैदेशिक रोजगारीमा जानेको संख्या १२ प्रतिशतले बृद्धि

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १२ प्रतिशतले बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८०/८१ को १० महिनाको तुलनामा चालु आव २०८१/८२ को यो अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ११.९१ प्रतिशतले बढेको हो।

मंगलवार, जेठ ७ २०८२
मंगलवार, जेठ ७ २०८२
  • काठमाडौं : वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १२ प्रतिशतले बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८०/८१ को १० महिनाको तुलनामा चालु आव २०८१/८२ को यो अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ११.९१ प्रतिशतले बढेको हो। 

    गत आवको यो अवधिमा ६ लाख १२ हजार ९१० जनाले श्रम स्वीकृति लिएका थिए।चालु आवको यस अवधिमा छ लाख ८५ हजार ९२४ जनाले श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ। यो संख्या गत आवको तुलनामा चालु आवमा ७३ हजार ४०३ जनाले बढी हो। 

    चालुु आव २०८१/८२ को १० महिनामा सबैभन्दा बढी सङ्ख्याले मंसिरमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ। चालु आवको मङ्सिरमा ८४ हजार २२७ जना र सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएका थिए।

    विभागका अनुसार साउनमा ५९ हजार ५७५,  भदौमा ५७ हजार ४९३ र कात्तिकमा ७० हजार ९९० जना श्रम स्वीकृति लिएर विदेशिएका थिए। यस्तै पुसमा ६७ हजार १५३, माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij